अमेरिकामा विश्वकै ठूलो हिन्दु मन्दिर स्थापना

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बिश्वका धेरैजसो देशमा हिन्दु धर्म मान्ने मानिसहरु छन् । हिन्दु धर्म मान्ने मानिसहरु भएको देशमा मन्दिरहरु स्थापना भइरहेका छन् । यस्तै अमेरिकामा पनि हिन्दु मन्दिर स्थापना भएको छ । त्यहा पनि धेरै हिन्दु धर्म मान्ने मानिसहरु छन् । अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा विश्वकै ठूलो हिन्दु मन्दिर बनाइएको छ । सन २००७ मा बनाउन थालिएको उक्त मन्दिर केहि समयअघि निर्माण गरिएको हो ।

११ सय ६२ एकड जमिनमा निर्माण भएको उक्त हिन्दु मन्दिरलाई विश्वकै ठूलो स्वामिनारायणको मन्दिर मानिएको छ । उक्त मन्दिर बनाउन १६ करोड डलर लागेको बताइएको छ । उक्त बिशाल मन्दिर निर्माण गर्न २ हजार कलाकारहरुलाइ काममा लगाइएको बताइएको छ । मन्दिर भित्र १ हजार जना बसेर पुजा गर्न मिल्ने बताइएको छ । मन्दिर इटालियन मार्वलले बनेको छ । यसअघि सबैभन्दा ठूलो मन्दीर तमिलनाडुको श्रीरंगम रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया