बल्ल गर्यो सरकारले सहि समयमा सहि काम : भारतीय नागरीकको नेपाली नागरीकता बदर

प्रकाशित मिति:

इमरान खान/मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले बिभिन्न १७ वटा निर्णय गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजानिक गरेका हुन ।

जस अनुसार भारतको जिल्ला महाराजगंज ग्राम पंचायत बिशुनपुर कुर्थिया बस्ने मुस्ताफाको छोरा जमालुद्दिन धुनियाले के—कसरी क—कसको सहयोग तथा मिलोमतो गरी झुठा बिवरण दिई रुपन्देहीको ईलाका प्रशासन कार्यालय मर्चवारको मझगावा बाट मिति २०६५/१२/२६ गते नेपाली ना।प्र।न। ३७३६३/१३३५९ लिएकोमा मन्त्रिपरिषदको मंसिर २३ गते बसेको बैठकले सर्हानीय निर्णय लिदै बुदाँ नं। १० मा इलाका प्रशासन कार्यालय, मझगवा रुपन्देहीबाट झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका ना।प्र।न। ३७३६३/१३३५९ का जमालुद्दिन धुनियाको नेपाली नागरिकता प्रमाण पत्र रद्ध गरी जामलुद्दिन धुनियालाई नेपाली नागरिकबाट हटाइएको छ ।