गुल्मीको धुर्कोटमा जिल्ला प्रशासन कार्यालयको प्रशिक्षण कार्यक्रम सम्पन्न

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र भण्डारी/गुल्मी-जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।आइतबार गाउँपालिकाको सभाहल वर्वोटमा नेपाली नागरिकता, व्यक्तिगत घटना दर्ता ऐनर जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुनेसेवा प्रवाह सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीको तर्फबाट बोल्दै प्रमुखजिल्ला अधिकारी कोशहरि निरौलाले कानूनी व्यवस्था¸ सेवाप्रवाहमा रहेका अन्यौलता¸ नीतिगत अस्पष्टता, समस्या र समाधानहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।साथै उहाँले नागरिकताका सम्बन्धमा भएका दुविधालाई सहज रूपमा प्रष्ट पार्नुभएको थियो ।

त्यस्तै प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेलेनागरिकहरुले सेवा प्रवाह गर्दा भोग्नु परेकासमस्याहरुको बारेमा जानकारी गराउनु भएकोथियो । गाउँपालिकाको तर्फबाट बोल्दै अध्यक्ष भुपाल पोखरेलले जिल्ला प्रशासन कार्यालयले दिने सेवा तथा व्यक्तगत घटना दर्ता तथा नागरिकताका विषयमा भएको अन्योलतालाई प्रष्ट पारिदिएकोमा प्रशासन कार्यालयलाई धन्यवाद व्यक्त गर्दै जन प्रतिनिधिलाई काम गर्न थप सहज हुने बताउनुभएको थियो ।प्रशिक्षण तथा अन्तक्रिर्या कार्यक्रममा उपस्थित जनप्रतिनिधिले यस कार्यक्रमले सिफारिस लगायतका जिल्ला प्रशासन कार्यालयबाट नागरिकले प्राप्त गर्ने सेवाहरुलाई सरलिकृत गर्नप्रशिक्षण रामवाण जस्तै भएको जनप्रतिनिहरुलेबताउनुभएको थियो ।प्रशिक्षण गाउँपालिकाका सम्पूर्ण वडाका जन प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितीमा सम्पन्न भएको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया