ठेलामा मःम बेच्ने गायक कपिल पौडेल ठेला बेचेर रुदै देश छोड्दै, बानेश्वर चोकमा मध्यरातमा उनी माथि यस्तो घटना घट्यो (भिडियो)

प्रकाशित मिति:

काठमाडौं – ठेलामा मम बेच्ने गायक भनेर चिनिएका कपिल पौडेल । जो आफ्नो गायक बन्ने सपना पुरा गर्न व्यस्त शहर काठमाडौंमा आए, अनि अनेक हन्डर खाए । काठमाडौंमा बसेर गायक बन्ने त कता हो कता बाच्नसम्म पनि गाह्रो भएपछि बानेश्वर चोक नजिक अनामनगर जाने बाटोमा ठेलामा मम बेच्न थाले । राति राति मम बेचेर कमाएको पैसाले संगीत कक्षा लिन थाले अनि सबैको साथ सहयोगले एउटा गीत गाएर भिडियो पनि निकाले, साला काठमाडौं ।

गीतले भने जस्तै काठमाडौंमा उनलाई झनै गाह्रो पर्न थाल्यो । देशमै केहि गर्छु, सफल गायक बन्छु भनेर कुनै पनि काम गर्न लजाउनु हुंदैन भनेर ठेलामा मम बेच्न थालेका कपिलले अब आफ्नो ममको ठेला बेचेर देशै छोड्न लागेका छन् । काम गरेर खान्छु भन्नेलाई पनि देशमा कमाई खाने वातावरण भएन । ठेलामा मम बेचेर घरभाडा, संगीत कक्षाको शुल्क तिर्न र खान लाउन त गाह्रो थियो नै, अहिले आएर उनको कमाई खाने बाटो नै खोसिने भएपछि कपिल देशै छोडेर बिदेशमा गई रगत पसिना बगाउने सोचमा पुगे । देशमै बसेर आफुले जानेको काम गर्दै सफल गायक बन्छु भन्ने कपिलको जीवनमा के त्यस्तो घटना घट्यो र उनले रुदै दशे छोड्न लागे, पुरा भिडियो हेर्नुहोला ।