मायादेवीमा समाजवादीको नयाँ नेतृत्व

प्रकाशित मिति:

रुपन्देही – रुपन्देहीको मायादेवी गाउंपालिकामा समाजादी पार्टीको ४६ सदस्यीय गाउपालिका समिति गठन भएको छ । तत्कालीन संघीय समाजवादी फोरम र नयां शक्ति पार्टी बीच एकता पछि गाउपालिका समिति समायोजन भई हरिशचन्द्र सैथवार इन्चार्ज र कृष्णकान्त यादब अध्यक्ष रहेको ४६ सदस्यीय गाउपालिका समिति चयन भएको हो ।

पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य देबेन्द्र पान्डेय सागरको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजन कार्यक्रममा प्रमुख अतिथि पाण्डेय, पार्टीका केन्द्रीय परिषद सदस्य निलम यादब, पार्टी नेता ओम प्रकाश यादब, प्रदेश उपाध्यक्ष एवं सांसद सन्तोष पाण्डे, पार्टीका प्रदेश सदस्यहरु रामु यादब, महेन्द्र यादब, बिद्यार्थी केन्द्रीय उपाध्यक्ष रिता यादव, जिल्ला सदस्य विमला बिक, निरन्जन यादब,पार्टी नेता रामकेश धवल,वडा अध्यक्ष रामनारायण चौधरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम पार्टीका जिल्ला सचिब सोमनाथ शर्माको संचालन र शिव शंकर यादबको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने प्रमुख अतिथि पाण्डेय,जिल्ला अध्यक्ष यादव लगायत केन्द्रीय र प्रदेश सदस्यहरुले समाजवादी पार्टी पहिलो वैकल्पिक शक्तिका रुपमा उदाउंदै गरेकाले उत्साहित भएर गाउंटोलसम्म संगठन निर्माणमा जुट्न निर्देशन दिए ।