काँग्रेसमा गुटको अन्त्य आवश्यक छ: महत

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बलेवा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले काँग्रेसभित्र रहेका गुटहरुको अन्त्य आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गुटबन्दीले पार्टीलाई खतरामा पार्ने हुँदा यसको अन्त्य गरी एक भएर चल्नुको विकल्प छैन् । नेता महतले पार्टीका शीर्ष नेताहरु नै गुटबन्दीमा लाग्दा तल्लो तहसम्म असर देखा परेको उल्लेख गर्दै पछिल्लो समयमा पार्टीभित्र गुटउपगुटको खेती झनै मौलाउँदै गएकोमा चिन्ता व्यक्त गरे । गुटको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले शीर्ष नेताहरुका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरी एक भएर अगाडि बढनुपर्नेमा जोड दिए ।

नेता महतले नेतृत्वबीच छलफल भएको १४ औँ महाधिवेशनको मुद्दालाई सहमतिका साथ निर्णय गरेर सभापति अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सहमति गरेर समयावधि बढाऔँ’, उनले भने, ‘नेतृत्वले सबैको कुरा सुन्नुपर्दछ, हामी विपक्षसँग लड्ने हो, आफू–आफू त सहमति बनाएर अगाडि बढ्ने हो ।’

नेता महतले समयावधि सकिएका भातृ एवं शुभेच्छुक संस्थाको यथाशीघ्र छिटो अधिवेशनको बाटोमा जानुपर्ने बताउँदै काँग्रेसले ल्याएको बलियो अर्थनीतिका कारण राज्य बलियो भएको दाबी गरे । ‘हामीले खुला अर्थ नीतिको सिद्धान्त ल्यायौँ’, पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता महतले भने, ‘यही सिद्धान्तलाई अहिलेको सरकारले पनि आत्मसात गरेको छ, काँग्रेसले बोकेको राजनीतिक विचारमा सबै आउन बाध्य भएका छन् ।’ काँग्रेसले खोजेको समाजवादको पक्षमा सरकार विस्तारै आउन थालेको पनि उनले बताए । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई…