महिला सशक्तिकरणमा सहकार्य गर्न अष्ट्रेलिया र स्वीजरल्याण्ड इच्छुक

प्रकाशित मिति:

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र अष्ट्रेलिया तथा स्वीजरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बड र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लेरले मन्त्री गुरुङसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका हुन् । शिष्टाचार भेटवार्ता नेपाल तथा अष्ट्रलिया र स्वीजरल्याण्डका द्वीपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

राजदूतद्वयसँग शिष्टाचार भेटवार्तामा मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पका लागि सहयोग गर्न आग्रह गरेको थिए । राजदूतसँगको भेटवातामा मन्त्री गुरुङले मित्र राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । उनले अष्ट्रेलिया र स्वीजरल्याण्डले नेपालको पूर्वाधार विकास, सामूदायिक वन र सामूदायिक विकास एवम् लघु उद्यमशीलता विकासजस्ता क्षेत्रमा लामो सहकार्यका साथ काम गरेको चर्चा गर्दै दुवै मुलुकले नेपालको दीगो विकास र महिलाको सशक्तिकरणमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । राजदूतद्वय बड र क्याप्लेरले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उत्थानका लागि नेपालसँगै सहकार्यका साथ काम गर्न आफ्नो मुलुक तत्पर रहेको बताएका थिए