क्रिकेट रंगशालामा ठेलामा सुन्तला बेच्दै धुर्मुस, सुन्तलीले म:म: (भिडियो)

प्रकाशित मिति:

चितवन – चितवनमा बन्दै गरेको गोतमबुद्ध क्रिकेट रंगशालाका लागि आर्थिक संकलनका लागि धुर्मुस सुन्तली फाउण्डेशनले नयाँ तरिका अपनाएको छ । सामाजिक अभियन्ता अर्जुनले यसको कन्सेप्ट ल्याएका हुन् । धुर्मुस फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन ल्याएको नयाँ तरिकाले सबैको ध्यान तानेको छ । फाउण्डेशनले त्यसका लागि रंगशाला निर्माण स्थलमा सुन्तला, बदाम लगायतका बस्तु राखेर बेच्न लागेका छन्। उनीहरुले रंगशालामा राखेको पसललाई रंगशाला ठेला नाम दिएका छन् । धुर्मुसले त्यसको प्रचार गर्दै आउनुस आउनुस् खाजा खाएर रंगशालाका लागि आर्थिक सहयोग गर्न सहयोग मागेका छन् । उनले धुर्मुसले पनि यसलाई पहिलो अनुभव भनेका छन् । युद्धस्तरले रंगशाला निर्माण अभियान सुरु गरेकाले जनताको स्वामित्व दिलाउन यस्तो सुरु गरिएको उनले बताए । सर्वसाधारण सबैलाई अभियन्ताको रुपमा समावेश गर्न सुरु गरेको ठेला पसलमा विहानै देखि उपभोक्ताको भिड लागेको जनाए ।

उनले त्यो सुन्तला र बदाम बिक्रीवाट आएको पैसा सबै रंगशाला निर्माणमा लगाउने बताए । आइतवार देखि सुरु गरेको यो रंगशाला ठेला पसलमा एक सय किलो भन्दा बढी सुन्तला बिक्रि भएको बताए । धुर्मुसले यो योजना अजुृनलाई आएको बताए । उनले कवाडीमा थन्किएको ठेला ल्याएर आफै पांग्रा लगाएर तयार पारेको बताए । रंगशाला निर्माणमा खटिएका ब्यक्तिहरु नै विक्रिका लागि बस्ने बताए । धुर्मुसले पसल सञ्चालनको लागि विनोद रानाभाट भन्ने एक जना सहयोगीलाई जिम्मा दिने बताए । रानाभाट आफै यो अभियानमा जोडिन आएको धुर्मुसको भनाई छ । धुर्मुस अहिले रंगशाला निर्माणको काममा २४ सै घण्टा खटिरहेका छन् । ठेलामा बदाम, स्याउ, केरा, सुन्तला लगायतका फलफूल लगायतका बस्तु राखिएका छन् । विनोद रानाभाट कतारको जेलवाट छुटेर आएका हुन् । उनलाई जेलवाट छुटाउन विश्वभर रहेका नेपालीहरुले सहयोग जुटाएका थिए । उनले जेलवाट छुटेर नेपाल फर्केपछि आफ्नो समय समाजसेवामा लगाउने बताएका थिए । त्यही भएर उनी धुर्मुस सुन्तली फाउण्डेशनमा जोडिएको बताए । यो अभियानमा जोडिन पाएकोमा निकै खुसी भएको बताए । जेलवाट छुटेर नेपाल फर्केपछि उनले धुर्मुससंग काम गर्न चाहेको बताए । त्यो चाहना आज पुरा भएको छ उनले भने ।

थप समाचार