प्याज बेचेर एक महिनामा करोडपति

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


बढेको प्याजको मूल्यले ऋणमा चु’र्लुम्मै डु’बेका किसानलाई ऋणबाट मु’क्ती मात्र दिएन, एक महिनामा नै करोड पति बनाएको छ । प्याज उत्पादनबाट करोडपति बनेका किसान हुन भारतको चि’त्रदुर्गा जिल्लाका किसान मल्लि कारजुना । प्याजको भाउ ब’ढ्नुअघिसम्म ४२ वर्षका मल्लिकारजुना ऋणमा चु’र्लुम्मै डु’बेका थिए । तर त्यहि समयमा उनले ऋण लिएर प्याजका विरुवा रोपे । उनका अनुसार यो उनले लिएको ठुलो जो’खिम थियो ।‘उक्त समयमा प्याजको मूल्य घ’टेको वा प्याज खेती अ’सफल भएको भए म ऋण न’तिरेको आरोपमा पक्राउ परिसक्थे ।

अहिले प्याजले मेरो परिवारको भविष्यमा आ’मूल प’रिवर्तन ल्याइदियो’ उनले भने । उनले प्याजको भाउ २ सय रुपैयाँ भारु हुँदै गर्दा २ सय ४० टन प्याज स्या’हारेका थिए ।उनले ५ देखि १० लाख भारु फाइदा बनाउने आशासहित १५ लाख भारतीय रुपैयाँ लगानी गरेका थिए । तर उनको फाइदा करोडमा पुग्यो ।उनी अहिले चित्रदुर्गा क्षेत्रमा रहेका किसान समूहका सेलि ब्रेटी बनेका छन् । ‘मैले मेरो सबै ऋण तिरिसके, अब म घर बनाउने सोचमा छु । म आगामी वर्षमा खेती वि’स्तार गर्नका लागि थप जमिन किन्न चाहान्छु ।’

उनीसँग अहिले करिब ५० जना कामदार रहेका छन् । गत अक्टुबरसम्म उनी तनाबमा थिए किनकि त्यतिबेला प्याजको मूल्य कम थियो ।उनले नोभेम्बरको पहिलो साता प्याज बेच्दा प्याजको मूल्य प्रति क्वीन्टल ७ हजार रुपैयाँ थियो । त्यसको केहि दिन पछि मूल्य ह्वात्तै बढेर प्रति क्वीन्टल १२ हजार पुग्यो । त्यसपछि त उनको परिवारलाई चो’रबाट प्याज जो’गाउन खेती भएको ठाउँमा गा’र्ड बस्नु पर्ने बा’ध्यता भयो ।पानीको स’मस्याका कारण उक्त क्षेत्रका किसानले प्राय बर्षायाममा मात्र प्याज खेती गर्छन । प्राय सबै खेतीका लागि पानीको स्रोत बर्षा हो ।

गत वर्ष प्याजबाट ५ लाख मात्र फाइदा गरेका उनी अहिले करोडपति बनेकोमा निकै ह’र्षित छन् ।करोडपति बन्नुमा उनको प्याज खेती र प्याजको भाउ मात्र नभई उनी प्याज बेच्ने क्रममा म’ध्यस्तकर्ता वा द’लालबाट न’फसेको समेत धेरैको तर्क छ।साथै यो पाठ अन्य किसानले पनि सिक्नुपर्ने धेरै जनाको प्र’तिक्रिया रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया