जब सिँढी चढ्दा चढ्दै लडे नरेन्द्र मोदी ! (भिडियोसहित)

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् । दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए ।

हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ । फटाफट सिँढी उक्लिरहेका बेला एउटा खुड्किला छुटेपछि मोदी लडेका हुन् । उनलाई कुनै चोट नलागेको भारतीय संचारमाध्यामले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया