बेवारिस बालकको खबरले खाना खान र सुत्न पनि सकिनँ :प्रधामन्त्री

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  हरेक दिनजस्तो सडक दुर्घटना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटना न्यूनीकरणका लागि चासो देखाएका छन् । उनलेदुर्घटनाका कारण मानवीय क्षति बढी हुन थालेको र सरकारले दुर्घटनाका बारेमा खासै चासो प्रधानमन्त्रीले सरोकारवालालाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सिन्धुपाल्चोक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेँर, बिरामी अवस्थामा रहेर हो कि, आफु निकै भावुक भएको बताएका छन् ।हिजो खाना खान र सुत्न पनि सकिनँ।’ उनले यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको बताउँदै त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसाहरा बनाएको छ भनी यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया