पर्साका विभिन्न ११ स्थानमा अज्ञात समूहद्वारा आगजनी

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


पर्सा –  पोखरिया नगरपालिकाका विभिन्न ११ स्थानमा गएराति आगजनी गरिएको छ । मोटरसाइकमा आएका दुई जनाको अज्ञात समूहले नगरपालिकाको वडा नं ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन् ।

मोटरसाइकलमा सवार रहेका व्यक्तिले राति घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए ।

उनले अज्ञात समूहले वडा नं ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा रु एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको बताए। आगजनीबाट कुनै मानवीय क्षति नभएको र आगजनीमा संलग्न रहेकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण