भारतीय राजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा भएको छ।काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार राजदूत पुरीको बिदाइ कार्यक्रम आयोजना गरेको छ। यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ ।नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया