मूलाको पातले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ ।मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन् । जुन पेटका लागि फाइदाजनक हुन्छ ।मूलाको पातको प्रयोग रोटी बनाउनमा गर्न सकिन्छ ।

यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन ।पाइल्सजस्ता रोगका लागि मूलाको साग खानु अति उपयोगी मानिन्छ । सधैं यसको साग खानाले यस्तो समस्या समाधान हुनसक्छ ।यसमा सोडियम पनि हुन्छ र यसले शरीरमा नुनको कमी हुन दिँदैन जसले गर्दा रक्तचापका बिरामीलाई धेरै उपयोगी हुन्छ ।यसमा फाइबर धेरै हुन्छ त्यसैले कब्जियतबाट जोगाउँछ । यसको रसलाई पानी र मिश्रीमा मिसाएर पिउनाले जण्डिसबाट जोगाउँछ । यत्ति मात्र नभई यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण