धुर्मुसले रंगशालामा थापेको ठेला पसलमा ग्राहकको थामिनसक्नुको भिड, ७८ बर्षीय आमा पनि सहयोग गर्छु भन्दै पुगेपछि (भिडियो हेर्नुस्)

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – चितवनमा बन्दै गरेको गौतम बुद्ध रंगशालामा हिजो बाट मात्रै रंगशाला ठेला शुरुवात गरिएको छ। रंगशालामा आउने मानिसहरुको लागि भनेर संचालन गरिएको ठेलामा त्याहाँ जाने मानिसहरुले सुन्तला र बदाम लगायतका फलफुल हरु पाईने गरेको छ। ठेलामा दिनहुँ भिड लाग्ने गरेको छ भने त्याहाँ बाट भएको कमाई पनि रंगशाला निर्माणमा सहयोग हुने अभियानता अर्जुन भुषालले बताएका छन।

त्यस्तै यसै अभियानलाई सहयोग गर्न केहि समय पहिले साउदीको जेल बाट नेपाल आएका बिनोद रानाभाटले उक्त ठेलाको निरिक्षण गर्दै छन। त्यस्तै अब छिट्टै रंगशाला नजिकै सैलुन । फास्ट फुड ठेला लगायतका अन्य व्यापारहरू पनि संचालन गर्ने योजनामा रहेको भुषालले बताएका छन। आज हामि रंगशाला परिसरमा पुग्दा रंगशाला ठेलामा धेरैनै भिड रहेको थियो भने ७८ बर्षीय बुढी आमाले पनि सहयोगको लागि सुन्तला किनेर खाएको बताइन् । चितवनमा बन्दै गरेको गोतमबुद्ध क्रिकेट रंगशालाका लागि आर्थिक संकलनका लागि धुर्मुस सुन्तली फाउण्डेशनले नयाँ तरिका अपनाएको छ । सामाजिक अभियन्ता अर्जुनले यसको कन्सेप्ट ल्याएका हुन् । धुर्मुस फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन ल्याएको नयाँ तरिकाले सबैको ध्यान तानेको छ । फाउण्डेशनले त्यसका लागि रंगशाला निर्माण स्थलमा सुन्तला, बदाम लगायतका बस्तु राखेर बेच्न लागेका छन् ।

उनीहरुले रंगशालामा राखेको पसललाई रंगशाला ठेला नाम दिएका छन् । धुर्मुसले त्यसको प्रचार गर्दै आउनुस आउनुस् खाजा खाएर रंगशालाका लागि आर्थिक सहयोग गर्न सहयोग मागेका छन् । उनले धुर्मुसले पनि यसलाई पहिलो अनुभव भनेका छन् । युद्धस्तरले रंगशाला निर्माण अभियान सुरु गरेकाले जनताको स्वामित्व दिलाउन यस्तो सुरु गरिएको उनले बताए । सर्वसाधारण सबैलाई अभियन्ताको रुपमा समावेश गर्न सुरु गरेको ठेला पसलमा विहानै देखि उपभोक्ताको भिड लागेको जनाए ।

उनले त्यो सुन्तला र बदाम बिक्रीवाट आएको पैसा सबै रंगशाला निर्माणमा लगाउने बताए । आइतवार देखि सुरु गरेको यो रंगशाला ठेला पसलमा एक सय किलो भन्दा बढी सुन्तला बिक्रि भएको बताए । धुर्मुसले यो योजना अजुनलाई आएको बताए । उनले कवाडीमा थन्किएको ठेला ल्याएर आफै पांग्रा लगाएर तयार पारेको बताए । रंगशाला निर्माणमा खटिएका ब्यक्तिहरु नै विक्रिका लागि बस्ने बताए । धुर्मुसले पसल सञ्चालनको लागि विनोद रानाभाट भन्ने एक जना सहयोगीलाई जिम्मा दिने बताए । रानाभाट आफै यो अभियानमा जोडिन आएको धुर्मुसको भनाई छ । धुर्मुस अहिले रंगशाला निर्माणको काममा २४ सै घण्टा खटिरहेका छन् ।

ठेलामा बदाम, स्याउ, केरा, सुन्तला लगायतका फलफूल लगायतका बस्तु राखिएका छन् । विनोद रानाभाट कतारको जेलवाट छुटेर आएका हुन् । उनलाई जेलवाट छुटाउन विश्वभर रहेका नेपालीहरुले सहयोग जुटाएका थिए । उनले जेलवाट छुटेर नेपाल फर्केपछि आफ्नो समय समाजसेवामा लगाउने बताएका थिए । त्यही भएर उनी धुर्मुस सुन्तली फाउण्डेशनमा जोडिएको बताए । यो अभियानमा जोडिन पाएकोमा निकै खुसी भएको बताए । जेलवाट छुटेर नेपाल फर्केपछि उनले धुर्मुससंग काम गर्न चाहेको बताए । त्यो चाहना आज पुरा भएको छ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया