गुल्मीमा ग्यास व्यवसायीको चरम दादागिरी , निगमले तोकेको दररेटको वास्तै छैन

प्रकाशित मिति:

सबलपोस्ट/गुल्मी – बिगत लामो समय देखि गुल्मीमा नेपाल आयल निगमले तोकेको दररेट भन्दा बढि मुल्यमा ग्यास बिक्रेताहरुले गरिरहेका छन । । नेपाल आयल निगमले पछिल्लो पटक असोज ३ गते मुल्य घटाए संगै पहाडी क्षेत्रमा प्रती सिलिन्डर रु १३५० खुद्रा मुल्य तोकेको थियो । तर गुल्मीको सदरमुकाम तम्घासमा भने तोके भन्दा १०० बढी गरी रु १४५० मा ग्यास बिक्रेताहरुले बिक्री गर्दै आएका छन ।

यस बिरुद्ध उजुरि दिएपछी व्यापारीहरु बाध्य भै केही मुल्य घटाएका छन । अहिले बजारमा रु १४०० मा प्रती सिलिन्डर बिक्री हुन थालेको छ। निबेदक सन्तोष पाण्डे लगायतले आयल निगमले तोकेको मुल्य भन्दा बढीमा बिक्री गर्ने कार्य जारी गरे बिक्रेता बिरुद्ध कानुनी प्रकृयामा अगाडि बढ्ने जानकारी दिए । सन्तोष पाण्डेले हस्तलिखित पत्र  नेपाल आयल निगमलाई गुल्मीमा एलपि ग्यासको मुल्य यथाबाट गरी पाउँ भनी पठाएका छन ।
हेर्नुहोस् पत्र

नेपाल आयल निगमले तोकेको दररेट हेर्नुहोस् ।