यसरी भारत ओसारीदैछ नेपाली बालक : १९ जना यस्तो अवथामा उद्दार गरेपछि खुल्यो रहस्य

प्रकाशित मिति:

काठमाडौ – तपाईका बालबालिकामाथी अति नै निगरानी राख्नुपर्ने बेला आएको छ । मा’नव अं’गको त’स्करीकालागि साथै ग’लत का’र्यमा लगाउँने नेपालका बालबालिका बाटैब्ँट फकाएर भारत ओसार्न थालिएको तथ्य बाहिर आएको छ । जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा जब उद्दार गरियो त्यसपछि यो तथ्य खुल्न आएको हो ।

उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए । उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना छन् । १७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन् । एक‍जना बुढा बाहेक सबै सार्की हुन् । यो समाचार अन्नपुर्ण पोष्टमा छ।