राजधानी काठमाडौँमा नै महिलामाथि सामुहिक बलात्कार

प्रकाशित मिति:

काठमाडौ – छोरी, चेलीहरुको सुरक्षामा नेपालमाथीपनि प्रश्न उब्जिने खालका घटना बढिरहेका छन् । फेरी राजधानी काठमाडौमा नै सा’मूहिक ब’लात्कार भएको छ । महिलामाथी सा’मूहिक ब’लात्कारको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

३० वर्षीया महिलालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ती महिलालाई ज’बरज’स्ती क’रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।