न्यायाधीशका सुरक्षागार्डको पेस्तोल बोकेर प्रेमी फरार

प्रकाशित मिति:

काठमाडौं – उच्च अदालत जनकपुरका न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डको रुपमा खटिएकी प्रहरी जवानको पेस्तोल लगेर उनका प्रेमी फरार भएका छन् । प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउन्ड गोली लोड भएको पेस्तोलसहित फरार भएका हुन् । प्रहरीले प्रहरी जवान रनितालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरी अधिकारीका अनुसार केवट जनकपुर उपमहानगरपालिका–४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन् । केवटका प्रेमी पनि मंसिर १९ गतेबाट सँगै कोठामै बस्दै आएका थिए ।

एक प्रहरी अधिकारीले भने, ‘‘प्रहरी जवानका प्रेमीको नवलपरासी देउडवा–६ बस्ने २४ वर्षीय सिबेन्द्र यादवबीच बिवाद भएको देखिन्छ । विवाद भएपछि उनले आफ्नै प्रेमीकाले न्यायाधिशको सुरक्षामा रहँदा बोक्ने गरेको पेस्तोल लगेर गएको देखिन्छ । यसबारे आवश्यक अनुसन्धान सुरु गरेका छौं ।’’