यस्तो छ आजको सुन चाँदीको बजार भाउ

प्रकाशित मिति:

बुटवल  – नेपाली बजारमा सुन- चाँदीको मूल्य बढेको छ । मंगलबार सुन तोलामा २ सयले वृद्धि भएर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य पनि तोलामा २ सयले बढेर ७१ हजार २ सयमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।