जेष्ठ नागरिकको सम्मान गर्दै न्यानो कपडा वितरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/देउखुरी दाङ-राप्ती गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै चिसो वाट बच्नका लागि न्यानो कपडा तथा सामाग्री वितरण सुरु गरेको छ ।राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि न्यानो कपडा वितरण गरेको हो ।सोमवार वडा नं ३ वाट सुरु गरिएको न्यानो कपडा वितरण कार्यक्रममा जेष्ठ नागरिकलाइ उच्च गुणस्तरको ब्लाङकेट प्रदान गरिएको छ । राप्ती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षता गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा वडा नं ३ का ८४ वर्ष माथिका १९ जष्ठ नागरिकलाई वितरण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ३ मा ८४ वर्ष माथिका जेष्ठ नागरिक अम्वा देवि सुवेदि, आशा चौधरी, कमला देवि शर्मा, कुलमान भारती, खगादेवि पौडेल, गज बहादुर खत्रि, गोपीलाल चौधरी, झगरि चौधरी, टोपराम शर्मा, द्रोपति चौधरी, नमित्रि चौधरी, धानु चौधरी, भौर चौधरी, लालविहारी चौधरी, बदरी चौधरी, दिलसरा चौधरी, समपदा चौधरी, सुन्दर प्रसाद चौधरी, मारती सुनार लाई न्यानो कपडा वडा कार्यालय र घरमै गयर वितरण गरिने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।