राष्ट्रिय माध्यमिक विद्यालय  बेतहानीमा शिक्षक अभिभावक संघ गठन

प्रकाशित मिति:

बर्दघाट /राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाट ७ माकर बेतहानीमा शिक्षक अभिभावक संघ गठन भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कैलाश चौधरीको अध्यक्षता तथा बर्दघाट वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाले ईन्द्रावती गुरुंगको अध्यक्षता ९ सदस्यिय नया शिक्षक अभिभावक संघ गठन गरेको हो । जसको सदस्यहरुमा छनुई कुमारी चौधरी, सगिंता थारु, अब्दु मुस्ताफ अंसारी, अमरसिँह, धन कुमारी चौधरी, घनश्याम पाठक, रोशनी चौधरी र ईन्द्र चौधरी रहनुभएको छ ।

कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, त्रिनेत्र अध्यात्मिक चिन्तन केन्द्र जिमिरेभारका अध्यक्ष नवराज श्रेष्ठ, समाजसेवी देवीदत्त सापकोटा लगाएतले नव गठित समितिलाई सफल कार्यकालको शुभकामना सहित मन्तब्य राख्नुभएको थियो । विद्यालय प्रअ शेषकान्त पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक भिमराज पंगेनीले गनुृभएको थियो ।