बाख्रा र भैसी पालन तालिम संचालन 

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/देउखुरी दाङ-राप्ती गाउँपालिकालाई बाख्रा र भैसी पालनमा उत्कृष्ट बनाउने उदेश्यका साथ राप्ती गाउँपालिका पशु सेवा शाखाले तिने दिने ब्यवसायीक बाख्रा र भैसी पालन तालिमको सुरुवात गरेको छ ।राप्ती क्षेत्रका विभिन्न वडाका ब्यवसाय उन्मुख तथा नयाँ युवा किसानलाई बाख्रा र भैसी पालन तालिम सुरु गरिएको पशु सेवा शाखा प्रमुख राज विक्रम चौधरीले बताउनु भएको छ ।

वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता र उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको तालिममा तालिम अधिकृत सुदन कुमार भट्राई, आर्थिक विकास शाखा प्रमुख महेश कुमार अधिकारी, पशु प्राविधिक हिमा बस्नेत र कमल पुनले तालिमको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।