चालक शौचालय जाँदा जिप दुर्घटना, एक गम्भीर घाइते

प्रकाशित मिति:

बैतडी – चल्दै गरेको जिप सडकमा छोडेर चालक शौचालय जाँदा बैतडीको पुरचौडीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जना सख्त घाईते भएका छन् । घाइते हुनेमा प्रहरी जवान सुदिप श्रेष्ठ रहेका छन् । उहाँको अवस्था गम्भीर रहेको छ । बुधबार विहान ९ बजे जयपृथ्वी मार्गको ढोल्याबाट पुरचौडी नगरपालिकाको हाट जाँदै गरेको म १ ज ३२९ नम्बरको जिप पुरचौडी नगरपालिका–६, साउन गाउँमा दुर्घटनामा परको हो । ढोल्याबाट हाट जाँदै गरेको जिपका चालक पूर्णान्द बडू शौचालय जाँदा गाडी १० मिटर अघि गुडेर पल्टिएको हो ।

जीपमा १० जना सवार रहेका थिए । अन्य यात्रुको अवस्था समान्य रहको छ । गाडी पल्टीदा हामफल्न खोज्दा सोही गाडीमा सवार हाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुदिप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । धनगढी घर भएका श्रेष्ठ विदा सकेर श्रीमति र छोरीसहित पुचारैडीको हाट प्रहरी चौकी जाँदै थिए । घाईते श्रेष्ठ बेहोस रहेकोले एम्बुलेन्समा डडेल्धुरा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका ईन्सपेक्टर कमल बिष्टले बताउनुभयो । घटनापछि जिप चालक पूर्णान्द बडूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।