दक्षिण कोरियामा एक हप्तामा तीन नेपालीको मृत्यु

२ पुष २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया

File Image

दक्षिण कोरिया – दक्षिण कोरियामा एक हप्ताभित्र तीन नेपालीको मृत्यु भएको छ ।  रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका अमिन राईको सोमबार मृत्यु भएको हो । सामान्य ज्वरो आएर उनी आइतबार सउलको अस्पताल भर्ना भएका थिए ।उनले शनिबार मात्रै फेसबुक लाइभ गरेर जन्मदिन मनाउँदै गरेको भिडियो राखेका छन् ।

‘राईको भाइरसको कारण ज्यान गएको भन्ने प्रारम्भिक रिपोर्ट देखाएको रहेछ । के कस्तो भाइरस हो त्यो एकिन गर्न केही समय लाग्ने अस्पतालले हामीलाई जानकारी दिएको छ’ गैर आवासीय नेपाली संघ दक्षिण कोरियाकी निर्वतमान अध्यक्ष लक्ष्मी गुरुङले भनिन् । शनिबार नै आन्सानमा दोलखाका दावा लामाको उपचारको क्रममा मृत्यु भएको थियो । उनी लामो समयदेखि कलोजोको रोगबाट पीडित थिए । त्यस्तै गत बिहीबार रौतहटका सञ्जय विकको मृत्यु भएको थियो । उनी पनि हेपाटाइटिस रोगको उपचार गराइरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया