पश्चिमाञ्चल स्कुलको रजत जयन्ती शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल /पश्चिमाचंल इङ्गलिश स्कूलले रक्तदान कार्यक्रमका साथ रजत जयन्ती कार्यक्रमको शुरुवात गरेको छ । स्कूलले २५ औ बर्ष पुगेको अवशरमा रजत जयन्ती मनाउने क्रममा पहिलो कार्यक्रम स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । बुधवार भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले स्कुलले रक्तदान कार्यक्रम बाट रजत जयन्ती कार्यक्रमको शुभारम्भ गर्नु धेरैनै सर्हा्िनय कार्य रहेको बताउनुभयो । ढकालले विध्यालय समाजको एक अभिन्न अङ्ग भएको जानकारी दिनुभयो । ढकालले पश्चिमाचंल स्कुलले समाजमा अभिभावकको भुमिका निर्वाह गरेको बताउनुभयो । ढकालले समाजिक उत्तरदायित्व निर्वाह गर्दै स्कुलले रजत जयन्ती मनाएकोमा सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै अतिथी सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले पश्चिमाचंल इङ्गलिश स्कूल नगर क्षेत्रकै उत्कृष्ट बिध्यालयको रुपमा स्थापित भएको बिध्यालय रहेको बताउनुभयो । लम्सालले बिगत २ बर्ष देखी एसईई परिक्षामा पनि स्कुलले नगर क्षेत्रमै उत्कृष्ट नतिजा तथा प्रथम भएको जानकारी दिनुभयो । स्कुलका संस्थापक प्राचार्य राजु ढकालले रजत जयन्ती मनाउन पाउनु बिध्यालय र बिध्यालय परिवारको लागी एतिहासिक क्षण भएको बताउनुभयो । ढकालले रजत जयन्ती रक्तदान कार्यक्रम वाट शुरु गरेको जानकारी दिनभयो । ढकालका अनुसार स्कुलले प्रत्येक महिना दुई वटा र वर्षको अन्त्यमा समापन समारोह गरेर समाजिक उत्तरदायित्वका काम गर्ने गरेको छ । ढकालले रजत जयन्तीको अवशरमा यस बर्ष २५ वटा कार्यक्रम गर्ने बताउनुभयो । ढकालले सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रम स्कुलकी शिक्षिका सिर्जना खनालको संचालनमा भएको हो । कार्यक्रममा सम्पुर्ण बिध्यार्थीलाई टिका लगाई मिठाई बितरण गरिएको हो । २०५२ सालमा स्थापना भएको स्कुलमा हाल ११ सय भन्दा बढि विद्यार्थी र ६० जना कर्मचारी रहेका छन् ।स्कुलले रजत जयन्तीको अवशरमा बिभिन्न कार्यक्रम गरि मनाउने छ । स्कुलले बृक्षरोपण, बिरामीलाई फलफुल बितरण, अनाथालयमा शैक्षिक समाग्री बितरण, बृद्धाश्रममा सहयोग, भुतपुर्व विद्यार्थी मिलन, भुतपुर्व शिक्षक सम्मान लगायतका कार्यक्रम गर्ने छ ।