लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालयको ३१ औं बार्षिक उत्सव सम्पन्न

प्रकाशित मिति:

कञ्चन/लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालय,कञ्चन–५,गरगरे रुपन्देहीको स्थापनाको ३१ औं बार्षिक उत्सव बिभिन्न अतिरिक्त कृयाकलापको आयोजना गरी भब्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश नं। ५,रुपन्देही क्षेत्र नं। ५ क का सांसद भुमिश्वर ढकालले बिधालयको बार्षिक उतसवमा शुभकामना मन्तब्य ब्यक्त गर्दै साधारण शिक्षा संगसंगै प्राबिधिक शिक्षालाई बिधालयमा जोड्न सके अवका बिधार्थीहरु हातमा सिप सहितको योग्यता प्रमाण पत्र लिएर जाने बताउनु भएको छ । शिक्षा नीतीका बारेमा बोल्दै सांसद भुमिश्वर ढकालले प्रदेश सरकारले तयार गरेको शिक्षा नीति पारित भएर आएमा शिक्षा क्षेत्रमा देखिएको समस्याहरु समाधान हुने बताउनु भएको छ ।जव सम्म बिधालयमा अस्थाई शिक्षकहरुको सम्मानजनक ब्यबस्थापन हुदैन तव सम्म कुनै पनि बिधालयमा शैक्षिक गुणस्तर सुधार नहुने बताउदै अव कानुनको रुपमा बन्ने शिक्षा नीतिले बिधालयको भौतिक पुर्वाधार र अनुदानलाई समुचित रुपमा बितरण गरी बिधालय सुधारको योजनाहरु ब्यबस्थित बन्ने बताउनु भएको छ ।

यसैगरी बिशिष्ट अतिथि तथा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जव सम्म बिधालयको शैक्षिक गुणस्तरलाई ध्यान दिन सकिदैन तव सम्म बिधालयमा बिधार्थी संख्या कम भएर बिधालयले पाउदै आएको शिक्षक दरबन्दी कटौती भएर जाने बताउनु भएको छ अध्यक्ष क्षेत्रीले भन्नु भयो।। बिधालयको शैक्षिक स्तर बृद्धि गर्न १०–४ को समयमा मात्र पढाइरहदा पनि शैक्षिक स्तर बृद्धि हुन नसके बिधालयको भबिष्य बलियो बनाउन अतिरिक्त कक्षा समेत संचालन गर्नु पर्ने बताउनु भएको छ ।कञ्चन गाउपालिका वार्ड नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिधालयको भौतिक अवस्था सुधारको लागि गाउपालिकाले आवस्यक सहयोग गर्ने तर बिधालयले आफ्नो बिधालयमा बिधार्थीहरुको संख्या बृद्धि गर्नको लागि बिधालय ब्यबस्थापन समिति,शिक्षक र अभिभावकहरुले सृजनात्मक बाताबरण तयार गरी सामुदायिक बिधालय प्रतिको आकर्षण बढाउनु पर्ने बताउनु भएको छ ।
बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिधालयको शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष बासुदेवद्धीन पौडेल,रुद्रपर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीनानाथ आचार्य लगायतले शभकामना मन्तब्य राख्नु भएको थियो भने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष डोल बहादुर थापाको अध्यक्षता,शिक्षक श्याम प्रसाद चापागाइको संचालनमा सम्पन्न कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक गोपी क्षेत्रीको स्वागत गर्नु भएको कार्यक्रममा बिधार्थीहरुले निर्माण गरेको मानव निर्मित रोवोर्ट प्रदर्शन गरिएको थियो