कांग्रेसको किचलो : देउवा पुनः सभापति हुन जोडघटाउ गर्दै पौडेल बन्न पाए हुन्थ्यो भन्ने आसमा

प्रकाशित मिति:

प्रकाश अधिकारी – नेपाली कांग्रेसको आन्तरिक विवाद चर्चिएसंगै सिङ्गो पार्टी पंक्ति सरकारको खराब गतिविधिको आलोचना गर्ने भन्दा आन्तरिक शक्ति संर्घषमा लागेको छ।पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको खेमा बिच एकअर्कोको आआफ्नै अडान भएपछि केन्द्रीय समितिको बैठक नै पटकपटक सरेको छ। पार्टीको १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद हुदा विवाद चुलिन पुगेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठकको मुख्य एजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि छन्। सभापति देउवाको कार्यशैलीले गत निर्वाचनहरूमा पार्टी कमजोर भएको असन्तुष्ट पक्षको ठम्याइ छ। सभापति देउवा पनि पार्टीमा भातृ संगठन देखि रित्त रहेको विभागहरू पुर्ण बनाएर १४ अौं महाधिवेशनका लागि बलियो उम्मेदवार हुन चाहन्छन्न् भने पौडेल महाधिवेशनलाई केन्द्रित गरि एकलौटी गर्ने लागेको भन्दै देउवालाई रोक्क चाहन्छन्। देउवा पुनः सभापति हुन जोडघटाउ गरिराखेका छन् भने पौडेल यसपालि सभापति हत्याउने रणनीतिमा छन्। केन्द्रीय कार्यसमितिको यहि फागुनमा चार वर्ष कार्यकाल सकिदै छ।तर विधानमा एक वर्ष थप्न पाउने व्यवस्था छ।