मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले कपिलबस्तुमा परम्परागत सिप विकास तालिम

प्रकाशित मिति:

कमल चौधरी /कपिलबस्तु – थारू समुदाय भित्र रहेको मौलिक कला संस्कृतिहरु लोप हुने संघरमा पुगेपछि बाणगंगा नगरपालिकाका थारु समुदाय क्रियाशिल भएर आफ्नो भाषा, संस्कृति र पहिचान जगेर्न गर्नमा लागेका छन् ।वर्षौदेखि प्रयोग र जिवीकोपार्जन गर्दै आएका परम्परागत सीपहरु लोप हुने अवस्थामा पुगेपछि बाणगंगा नगरपालिका–८ का थारु समुदायहरु अहिले जागरुक भएका हुन् । उनिहरुले अहिले कसरी आफ्नो भाषा, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत छन् । सोही कारणले अहिले उनीहरु थारु कला संस्कृतिको संरक्षण तथा मौलिक पहिचान स्थापित गर्ने उद्देश्यले थारु समुदायको परम्परागत सिप विकास तालिम बाणगंगा–८ ढोडेकोलको समुदायिक भवनमा सुरु गरेको थारु संस्कृति संरक्षण तथा प्रवद्र्धन सभा बाणगंगा गारपालिका –८ कपिलबस्तुका अध्यक्ष नाथुराम थारुले बताए ।

यसरी बाणगंगा नगरपालिका वडा नं। ८ कपिलबस्तुको आयोजनामा ५ दिने ढोडेकोलको समुदायिक भवनमा थारु बाजा बजाउने र ढकिया बुन्ने तालिममा बुधबार पुष २ गते देखि ७ गते सम्मा सुरु गरिएको हो । विषेसगरीे थारु समुदायको परम्परागत सिपमुलक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष गुणनिधि भुसालले बताए । ५ दिन सम्मा चल्ने उक्त परम्परागत सीपमुलक तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष गुणनिधि भुसालले पछिल्लो समय थार कला संकृति लोप भइरहेकोले यसलाई संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए ।उनले कला संस्कृतिलाई बजारीकरण गर्दै परम्परागत लोक कला संस्कृतिहरुलाई नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नुपर्ने धारण राखे । उनले भने –“भाषा संस्कृति हाम्रो पहिचान संग जोडिएको छ । यसलाई जोगाई राख्नुपर्छ । अब यस किसिमको संस्कृतिलाई फरक ढङ्गले सोचका साथ संस्कृति र सिपलाई व्यवसायीकरण गर्दै हाम्रो पहिचानलाई आर्थिक पाटो संग जोड्नुपर्छ ।”

उनले अब हाम्रो सिप, कला संस्कृतिलाई व्यवसायीकरण गर्दै आर्थिक अयआर्जनको पेशा संग जोडेर अगाडी वढ्न आवश्यक रहेको बताए ।उनले भने–“हाम्रो कला संस्कृतिलाई लुम्बिनी क्षेत्रमा व्यापार गर्ने बेला भएको छ । पर्यटकहरुलाई आकर्षण गर्नको लागी स्थानिय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै कला संस्कृतिको आर्थिक रुपले व्यापार गर्न सक्नुपर्छ । जब सम्मा थारु आदिवासी जनजाति समुदायको संस्कृतिहरुलाई आर्थिक अयआर्जनको पाटोमा विकास गर्न सक्दैनौ तब सम्मा संस्कृतिको संरक्षणमा कठिनाई हुन्छ ।”
त्यस्तै थारु कल्यणकारीणी सभाका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी भोजराज थारुले थारु समुदायको कला संस्कृतिहरुको जगेर्ना गर्न तथा त्यसको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको जानकारी दिए ।उनले हाम्रो समुदायमा ढकिया, डेल्वा लगायतका विभिन्न हस्तकलाहरु बनाउने भए पनि ती कला संस्कृतिहरु लोप भइरहेको सन्दर्भमा यस तालिमले परम्परागत साँस्कृतिक कलाहरुलाई संरक्षण गर्ने र व्यावसय प्रवद्र्धन गर्ने ठुलो टेवा पुग्ने बताए । उनले थारु समुदायमा बाजा बजाउँने मनिसहरु भेटिन सामास्य भएको कारण अब यस किसिमको बाजा बजाउने तालिमले नयाँ युवाहरु बाजा बजाउने तालिम सिक्ने बताए । कार्यक्रममा थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभा बाणगंगा– ८ का उपाध्यक्ष तथा टोल विकास समितिका अध्यक्ष संक्रन्ती चौधरीले कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै कला संस्कृति संरक्षण गर्न हामी सबै एक जुट भएर लाग्नुपर्ने बताए । उनले कला संस्कृतिलाई व्यवसायिक बनाउनसके आफ्नो जातीय कला संस्कृतिको संरक्षण पनि हुने र आयआर्जन समेतको बृद्धि गर्न सकिने भन्दै दिगो रुपमा यस किसिमको तालिम हुन आवश्यक रहेको बताए । कार्यक्रममा थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभा वाणगंगा–८ का अध्यक्ष नाथु थारुको अध्यक्ष, उपाध्यक्ष संक्रन्ती चौधरीको स्वागत तथा वाणगंगा नगरपालिकाका वडा सचिव तेजराज अर्यालको संचालनमा कार्यक्रम सम्पन्न गरिएको थियो । तालिम कार्यक्रम पुस २ गते देखि ७ गतेसम्म सञ्चालन छ ।