पाल्पाको होलाङदीमा बस दुर्घटना हुँदा १३ जना घाइते

प्रकाशित मिति:

पाल्पा/पाल्पाको होलाङदीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधवार साँझ बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४२७ नम्बरको बस एक आपसमा ठोक्किदा घाइते भएका हुन् ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–१२ का रामबहादुर विक, सोही स्थानकी जुना विक, रुपन्देहीको खडहवा बनगाई गाउँपालिका–२ का भिमबहादुर सुनार, तानसेन नगरपालिका ८ की गुनिसरा नेपाली, तानसेन बगनासकाली गाउँपालिका–३ का चालक तेजबहादुर सारु र पाल्पा कै पूर्वखोलाका रामु सिंजाली घाइते भएका छन ।त्यस्तै गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ८ का होमबहादुर विक, धनबहादुर विक, सोही गाउँपालिका–१ का भीमबहादुर सुनार, गुल्मीकै मदाने गाउँपालिका–३ का तेजबहादुर सुनार, सोही स्थानका चुराबहादुर नेपाली, सोही गाउँपालिका वडा नम्वर–२ का रामबहादुुर विक र सोही स्थानका राजु विक रहेका छन् ।घाइतेहरूको अवस्था खतरामुक्त रहेकोले लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार गरी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक जितेन्द्र जिसीले बताए