ॐ ,भाग्यमानी पुरुष सँग हुने यी कुरा, तपाईसँग छ कि छैन एक पटक अबस्य पढ्नुहोस्

प्रकाशित मिति:

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।

श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् । अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।धन सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ ।

यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ । निरोगी शरीर जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन ।

श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो । सुन्दर पत्नी महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

मीठो बोल्ने पत्नी सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ । अनलाईन मिडिया बाट ।