ने.विसघं नेता सन्तोषको उजुरीले गुल्मीका ग्यास व्यावसायीमा खैलाबैला

अन्तत : घटाए रेट

प्रकाशित मिति:

सबलपोस्ट /गुल्मी  – विगत लामो समयदेखि गुल्मीमा ठग्दै आएका व्यापारीले उजुरी परेपछि ग्यासको मुल्यमा कमी गरेका छन् । नेपाल आयल निगमले तोके भन्दा बढी मुल्यमा ग्यास बिक्री हुँदै आएकामा उजुरी दिएपछि भने मुल्य घटाइएको हो । नेविसंघका नेता सन्तोष पाण्डे लगायतले आयल निगमले तोकेभन्दा बढी मुल्यमा बिक्री भएर कानुनी बाटो लिएर अगाडि बढ्ने बताएपछि अहिले मुल्य घटाइएको हो ।

नेपाल आयल निगमले पोछिल्लो पटक २०७६ साल असोज ३ गते मुल्य घटाएसंगै पहाडी क्षेत्रमा प्रति सिलिन्ड रु १३५० खुद्रा मुल्य तोकिएको थियो । तर गुल्मीको सदरमुकाम तम्घासमा १४५० रुपैयाँमा बिक्री हुँदै आएको थियो। उजुरी दिएपछि केही मुल्य घटाएर १४०० पुर्याइए पनि अझै बढेको पूरै रकम भने घटाइएको छैन । यो खबर सुरुमा सबलपोस्टले सम्प्रेशण गरेको थियो ।