सभामुख विना नै संसद अधिवेसन शुरु

प्रकाशित मिति:

काठमाडौं — सभामुखको विनानै प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक शुरु हुने भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र आफुले राजीनामा दिने डा.शिवमाया तुम्बाहाम्फेको अडान प्रति नेकपा सहमत भएपछि उपसभामुखेको अध्यक्षतामा नै बैंठक शुरु हुने भएको हो । प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्नेबारे नियमावली बोल्दैन । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ ।
सत्तारुढ दल नेकपाले सभामुख निर्वाचनका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न भनेको छ । उनले सभामुखमा दाबी गरिरहेकी छन् । पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीले नबोले पनि उपसभामुखले बैठकको अध्यक्षता गर्न लागेको संसद सचिवालय स्रोतले जनाएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख नभएको अवस्थामा उसले गर्ने काम उपसभामुखलाई गर्न नियम कानुनले नरोकेको बताएका छन् । उनले त विधेयक प्रमाणिकरण समेत गर्न सक्ने बताएका थिए ।

तुम्बाहाम्फेले बिधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने सबै काम गर्न थालेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले बिरोध गरेको छ । सभामुखकै हैसियतामा उनले गरेको सूचना आयोगका पदाधिकारीको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ ।
तुम्बाहाम्फेले बैंठकको शुरुवात गरी सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि आफुले राजीनामा लिने बताएकी छिन् । नेकपालाई भने कसलाई सभामुख पद दिने भन्ने विषयमा निर्णय गर्न गाह्रो भएको छ । निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लागेपछि विगत ३ महिना देखि सभामुख पद खाली रहेको छ ।