मेक्सिकोमा चौध जनाको मृत्यु

प्रकाशित मिति:

मेक्सिको सिटी – मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन्। बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ।

एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन्। बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए। गौन्जौटोबाट पुएर्टो भाल्लार्तातर्फ गइरहेका सो बस दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।यस घटनामा घाइते भएकाहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।