कोहलपुरको झै फेरी दाङमा दोहोरियो सडक दुर्घटना:ट्याक्टरको ठक्करवाट स्कूले बालिकाको निधन, विद्यार्थी आन्दोलित

प्रकाशित मिति:

दाङ – दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भए पछि विद्यार्थीहरुले सड्क अवरुद्ध गरेका छन । बिहीबार पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु भए पछि विद्यार्थीले तुलसीपुरको बिरेन्द्र चोकमा सडक अबरूद्व गरेका हुन् ।

तुलसी आवासिय माबिमा विद्यार्थीहरुले विरेन्द्र चोकमा सड्क अवरुद्ध गरेका हुन । सड्क अवरुद्ध हुँदा तुलसीपुरमा भित्रिने र बाहिरिने कुनै सवारी चल्न सकेका छैनन् । हत्यारालाई कारवाहिको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।