जेष्ठ नागरिकको सम्मान गर्दै न्यानो कपडा वितरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/दाङ –  दाङ जिल्ला राप्ती गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै वडा नं ४, ६ र ७ का जेष्ठ नागरिकहरुलाइ चिसो वाट बच्नका लागि न्यानो कपडा वितरण गर्ने क्रममा विहि न्वार पनि न्यानो कपडा वितरण गरेको छ । राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि न्यानो कपडा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ ।

गत सोमवार वडा नं ३ वाट सुरु गरिएको न्यानो कपडा वितरण कार्यक्रममा जेष्ठ नागरिकलाइ उच्च गुणस्तरको ब्लाङकेट प्रदान गरिएको छ ।विहिवार राप्ती गाउँपालिका वडा नं ४, ६ र ७ का वडा अध्यक्षहरु विष्णु बहादुर घर्ति क्षेत्रि, बेद प्रसाद चौधरी, विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नं ४ का ८४ वर्ष माथिका १२ जना, वडा नं ६ का १४ र वडा नं ७ का १५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण वितरण गरिएको हो । राप्ती गाउँपालिका वडा नं ४ मा ८४ वर्ष माथिका जेष्ठ नागरिक चन्द्र बहादुर खत्रि, जग्गु गीरी, जोगनि चौधरी, निमा कुमारी चौधरी, फुलसी चौधरी,बधु गीरी, मनिराम कुवर, मुगा देवि खत्रि, राम शंखर चौधरी, रोईनु चौधरी, रोमकली चौधरी, दुर्गी सार्की,राम कुमारी चौधरी, सिता चौधरी, हनुमान चौधरीलाई न्यानो कपडा वडा कार्यालय र घरमै गयर वितरण गरिने वडा सचिव शेर बहादुर हमालले जानकारी दिनुभएको छ ।

त्यसैगरि वडा नं ६ का चन्द कली दमाई, कोईली चौधरी, लवरी चौधरी, फितु चौधरी,सुखराम चौधरी, दुखराम चौधरी, बहिदार चौधरी, हरी खड्का, टंकेश्वर चौधरी, कुजु चौधरी, कट्सु चौधरी, नमेश्वरी चौधरी, शोनकेश्वरी चौधरी, तौलेश्वरी चौधरीलाइ न्यानो कपडा वडा कार्यालय र घरमै गयर वितरण गरिएको महिला तथा बाल बालिका शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिनुभएको छ । त्यसैगरि वडा नं ७ मा जेष्ठ नागरिक हरीकला देवि ज्ञवाली, कामता प्रसाद चौधरी, उदासी चौधरी, कालीराम चौधरी, खुसीराम चौधरी, टंकु गीरी, डिल बहादुर खत्रि, डिला देवि अधिकारी, देउकी चौधरी, पतवी चौधरी, पुनासी चौधरी,प्रमलाल चौधरी, राममिलन गुप्ता, सोनकेशरी चौधरी, हरदवारी चौधरीलाई वडा कार्यालय र घरमै गयर वितरण गरिएको वडा नं ७ का कर्मचारी परशुराम चौधरीले जानकारी दिनुभएको छ ।

निशुल्क रुपमा परिवार नियोजन शिविर
तिर्थराज ज्ञवाली/ दाङ – राप्ती गाउँपालिकामा निशुल्क रुपमा परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ ।
राप्ती गाउँपालिकामा स्वास्थ्य कार्यालय दाङ, नेपाल परिवार नियोजन संघ दाङ शाखा र यु यन यफ पी य परियोजनाको संयुत्त आयोजनामा पौषको ६, ७ र ८ गते स्वास्थ्य चौकी सिसहनियामा महिला तथा पुरुषहरुको लागि निशुल्क रुपमा परिवार नियोजन शिविर सञ्चालन हुने राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भएको हो ।

सन्तानको रहर पुगेका वा गर्भान्तर गर्न चाहने ईच्छुक महिला तथा पुरुषले मिनिल्याप, भ्यासेक्टोमी, आईयुसिडि, ईम्प्लान्ट, डिपो,पिल्स, कण्डोम लगायतका परिवार नियोजनको प्रयोगका लागि निशुल्क सेवा लिन सकिने बताईएको छ । यहि पौष ६ गते वडा नं ५, ६, ७, ८ र ९ नं वडा का नागरिकले सेवा लिन आउन सक्ने र पौषको ७ गते वडा नं १, २, ३ र ४ का परिवार नियोजन गर्न चाहने सेवा ग्राहिले सेवा दिन स्वास्थ्य चौकी सिसहनिया प्रमुख धन बहादुर खड्काले बताउनु भएको छ ।

परिवार नियोजन गर्न चाहने महिला वा पुरुषले आ आफ्नो पालोको दिन पारेर स्थानिय स्वास्थ्य कार्यकर्ता, महिला स्वास्थ्य स्वंसेविका, परिवार नियोजन परामर्शदाता वा सोझै शिविरमा सम्पर्कराखी लाभ लिन सक्ने आयोजकले बताएको छ । निशुल्क रुपमा परिवार नियोजन शिविर राप्ती गाउँपालिकाका साथै लमहि नगरपालिका, गढवा गाउँपालिका का स्वास्थ्य संस्थामा समेत सञ्चालन हुने र राजपुर गाउँपालिकका नागरिकले तिनै पालिकाका शिवीरवाट सेवा दिन सक्ने बताईएको छ । सिसहनिया स्वास्थ्य चौकी बाट पौषको ६ गते देखी सुरुहुने परिवार नियोजन शिविर पौषको १५ गते लमहि अस्पतालमा सुेवा दिई समापन गरिनेछ ।