प्रधानसेनापति थापा र बेलायती राजदूतबीच शिष्टाचार भेट

प्रकाशित मिति:

काठमाडौं/ प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायती नवनियुक्त राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।सैनिक मुख्यालयमा आज दिउँसो भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।