फिल्म रिलिजअघि नै ‘सस्पेन्स’ खुलाएपछि

३ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौँ /आउँदो चैत २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकिनै लागेको छ । फिल्म युनिटले मोसन पोस्टरदेखि शूटिङ सेटका तस्वीर सार्वजनिक गरिसकेको छ ।फिल्मकै शूटिङ सकिनुअघि नै प्रचारका नाममा फिल्मका धेरै कन्टेन्ट दर्शकसामु पुगिसकेका छन् ।यो फिल्म मात्र होइन, यतिबेला छायांकन भइरहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगे दाउ’ का पनि तस्वीरहरु भटाभट सार्वजनिक भइरहेका छन् । यी तस्वीरहरु सार्वजनिक हुँदा फिल्म के विषयमा बनिरहेको छ, कलाकार कुन भूमिकामा छन् भन्ने कुरा दर्शकले फिल्म रिलिजअघि नै बुझिसकेका छन् ।

फिल्म युनिटले निर्देशकको काम, फिल्ममा शीर्ष भूमिका निभाएका केकी अधिकारी र आँचल शर्माको भूमिका र कथानक नै लगभग सार्वजनिक गरेका छन् ।यो फिल्मको ‘क्रेज’ बढ्नुको साटो झनै घट्दै गइरहेको छ । किनकि, निर्माण टिमले प्रचारका नाममा फिल्मबारे धेरै थोक सार्वजनिक गरिसकेको छ ।यस्तै अर्को फिल्म हो, चपली हाइट ३ । यो फिल्मले पनि फिल्म छायांकनमा पुगिसक्दा यसको लोकेशनदेखि धेरै कुरा सार्वजनिक गरिसकेको छ ।फिल्मको प्रचार गर्नु त राम्रै कुरा हो । यसले दर्शकलाई थप उत्साहित बनाउँछ । तर, फिल्म रिलिज हुनुअघि नै सबै कुरा सार्वजनिक गरेपछि दर्शक के हेर्न हलसम्म पुग्छन् भन्ने अर्को प्रश्न रहन्छ ।

नेपाली मेकरले फिल्मका समाचार धेरैभन्दा धेरै आएर प्रचार हुन्छ भन्ने बुझेका छन् । यसले गर्दा मेकरले समाचार बनाओस् भनेर लागि फिल्मको विषय सार्वजनिक गरिरहँदा दर्शकले भने फिल्मको कथा बुझिसकेका हुन्छन् ।जब फिल्म र कथा नै पहिले दर्शकलाई थाहा हुन्छ भने दर्शक केका लागि हलसम्म आउँछन्रु कलाकारलाई हेर्न त दर्शकका लागि युट्युब छँदैछ नि । यसै पनि फिल्म रिलिजअघि कलाकार हरेक युट्युब च्यानलमा पुगेर अन्तर्वार्ता दिने नै हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • शाइन रेसुंगा बैंकद्वारा प्युठानलाई ५० थान पीपीई
  • कोरोना भाइरसबाट कसरी बच्ने ,यसो भन्नुहुन्छ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र…
  • रामग्राम नगरपालिका राहात कुहिएको चामल
  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार