पीपीएल: आज पोखरा र बुटबल तथा धनगढी र चितवन भिड्ने

प्रकाशित मिति:

काठमाडौं/जारी पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल मा आज शुक्रबार दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे शुरु हुनेछ । जहाँ पोखरा र वुटबल भिड्नेछन् ।साविक विजेता पोखरा ३ खेलमा १ जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ ।

अर्को खेलमा दिउँसो सवा १ बजे एक्सपर्ट धनगढी र चितवन राईनोज भिड्नेछन् । चितवन जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो ।चितवन दुवै खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ । धनगढीले भने दुई खेलमा मात्र एक जित निकालेको छ।