एमबाप्पेको ट्वीटर ह्याक

प्रकाशित मिति:

एजेन्सी/ फ्रान्स तथा पेरिस सेन्ट जर्मन पीएसजी का स्टार खेलाडी किलियन एमबाप्पेको ट्वीटर ह्याक भएको छ ।ह्याकरको समूहले एमबाप्पेले ट्वीटर बिहीबार बिहान ह्याक गरेको हो । उनको ट्वीटरको नाम अहिले ‘केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे’ लेखेको छ ।बिहानै ट्वीटर ह्याक गरेपनि ह्याकरले अहिलेसम्म कुनै पोस्ट सार्वजनिक गरेको छैन् ।

एमबाप्पे शुक्रबार २१ बर्ष पुग्दैछन् । जन्मदिनको अघिल्लो दिन उनको ट्वीटर ह्याक भएको हो । एमबाप्पे सन् १९९८ डिसेम्बर २० मा जन्मिएका हुन् ।एमबाप्पेको ट्वीटरमा ३६ लाख फ्लोअर छन् भने उनले १ सय ७ जनालाई फलोब्याक दिएका छन् ।फ्रेन्च लिगमा बुधबार राति एमबाप्पेले मेन्सविरुद्ध गोल गरेका थिए ।