थाइल्याण्डमा हुने फेसन फेष्टिबलको लागी छानिए साढे तीन बर्षिय नेपाली कृभिशेष खड्का

४ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
22 Shares


काठमाडौं – आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएका छन् । छनोट हुनेमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत छन् । ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टिबलका लागि काठमाडौंमा भएको पहिलो चरणको अडिसनबाट प्रि-किड्स, किड्स, प्रि-टिन र टिनहरु गरी १२ जनालाई छनोट गरिएको छ ।

अडिसनबाट कूल ३५ जना छानिने छन् । त्यसका लागि भक्तपुर, इटहरी, धरान, विराटनगर र पोखरामा पनि अडिसन हुनेछ । प्रतियोगितामा ३.५ देखि १७ वर्ष उमेर समूहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने आगामी अप्रिल २५ तारिखमा हुनेछ । ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वर्ल्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजुलगायत निर्णायक थिए । अतिथिको रुपमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायत सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…