कतै हामीे चक्रब्युमा त परेका छैनौ ?

दिप पंगेनी

प्रकाशित मिति:

दिप पंगेनी \
एक दिन एउटा लाटो विचार मनमा खेल्यो कि, देशको प्रेम सबै भन्दा बढी कसलाई होला  राजा या नेतालाइ अन्तमा राजालाई नै हुन्छ होला जस्तो लाग्यो । किन कि राज्य नभए सम्म त राज नै हुँदैन ।

राज्य नै नरहे कहाँको राज ?  राजालाई राज्य त अस्तित्व नै हुन्छ होला । जनतालाई राज्य भावना हो  माटोसँगको भावना । जनातालाई बरु कुन राजा, के ब्यवस्थासँग खासै फरक न पर्ला तर राजालाई आफ्नो अस्तित्वको लागी भए पनि राज्य चाहिन्छ नै । यसैले देश भनेको जनताको लागी हृदयको भावना हो । राज्य या ब्यवस्था परिवर्तन भएपछी बिस्तारै मन परिवर्तन हुँदै जाला । केही पुस्ता पछी सबै भुल्दै जालान तर राजाको त अस्तित्व नै विलिन हुन्छ , राजाको गौरब त चक्रवर्र्तीमा हुन्छ देशको गौरव क्षत्रीय विस्तारमा रहला ।

प्रगतिशिल , बिकसित, विशाल, सम्पन्न देशको को राजा बन्न पाउनु पनि राजालाई गर्वको बिषय अवश्य हुन्छ नै होला । यसैले देशको स्वार्थसँग राजाको स्वार्थ रहन्छ । यसैले पनि राजाले आफनो गौरव छोडेर नाफाखोर ब्यापारी जस्तो पैसा जुटाउने खेलमा पक्कै लाग्दैनन । पक्कै लागेका पनि होओइनन । त्यो देखिदै पनि आएको छ । जती समाजमा पुर्वराज परिवारको सम्पतिको बारेमा होहल्ला थियो, राष्ट्रियकरण गर्दा देखियो जती राज परिवारलाई भत्ता दिइन्थ्यो त्यसको कैयौ गुणा बढी गणतान्त्रीक मन्त्री हरुको गाडी पखाल्ने खर्च देखे पछी बुझियो ।

ति सबै कुरा झुट थियो जो जनतालाई उचाल्नको लागी राजतन्त्रको नकरात्मक छबिको लागी फैलाईएको खेती रहेछ । राजतन्त्रलाई कमजोर पार्न भएको नियोजित घृणाको राजनिती रहेछ । राजतन्त्र माथी जनताको नकरात्मक दृष्टिकोण निर्माण गर्न गरिएको प्रयत्न रहेछ । अब एक छिन सोचौ राजतन्त्र र राज्य कमजोर पार्न अरु के के गर्न सकिन्छ ? अवश्य पनि साम्प्रदायिकता, जातिय र धार्मिक कुराको उठान । जसले राजा मात्र होईन राष्ट्रिय एकता पनि कमजोर पार्दछ । यसैले बिगत केहि दशक यता राष्ट्रलाई कमजोर पार्नकै लागी यिनै बिषय वस्तुको बेजोड रुपमा उठान गरेको अनुभव सबैले गरेकै छौ ।
अझ अर्को कुरो राजा राज्यको अभिभावक हुन्छ, अभिभावकले भबिश्यमा राज्य कस्तो बनाउने भन्ने सोच्छ र योजना बनाउदछ तर एउटा राजनितिकर्मिले भबिश्यमा कसरी सत्तमा पुग्न सक्छु भन्ने योजना बनाउदछ । जसले गर्दा झुटो बोल्नु राजनितिको पर्यावाची जस्तो बनेको छ, पिठो न तेल पका बुढी सेल भएको महशुष हामी सबैले गरेकै छौ । म यो सब कुरा गरेर राजतन्त्र र राजवादी कुरा मात्रै गर्दै छैन, त्यो अभिप्राय पनि होईन तर म यो संकेत गर्दै छु कि कतै राजा त हारे हारे राजा सँगै जनता पनि हार्ने खेल भएको त छैन? बिगत केहि दशक देखी खेलिएको यो खेलले राजा मात्र होईन जनता पनि हार्ने परिस्थितिमा पनि पु¥याउने त होईन ?

बुझ्नु पर्ने कुरा यो छ कि देश नै न रहे हामी सबै हार्छौ, हाम्रो इतिहास हार्छ किनकी यो गणतन्त्रले राजालाई मात्र निमोठेन यसले त वैदेशिक हस्तछेपलाई पनि निम्त्यायो । वैदेशिक हस्तछेप त यतो चरम चुलिमा पुगेको छ कि साधारण र अनपढसँग पनि लुकेको छैन । हामी जमिन बाड्ने ब्यवस्था ९राजाहरु जमिन बाँड्दथे० बाट आश्वासन बाँड्ने ९नेता० ब्यवस्था मा पुगेको अनुभुती भएको छ । राजा मान्ने ब्यवस्था बाट माफिया मान्ने ब्यवस्था मा पुगेको जस्तो महसुस भएको छ ।
बिभिन्न देशका मन्त्री, प्रधानमन्त्री या राष्ट्र प्रमुखहरु नेपालमा आएर भन्दछन हामिलाई नेपालको राष्ट्रिय स्वतन्त्रताको अभिरुची छ । नेपालको सार्वभौममा चासो छ । सोचनिय बिषय यो हो कि नेपालको स्वतन्त्रता र सार्वभौम को विदेशिलाई के को चासो ? के को खाचो ? पाउने र लुट्ने केहि न केहि न देखे सम्म कस्ले के नै देन्छ र ? हरेक देशको आफ्नै जनता समस्यामा छन । फेरी बिना स्वार्थ कसले के दिन्छ ? सामान्य सहयोग कहिले काही गर्न सक्ला तर निरन्तर त पक्का पनि गर्न सक्दैन । निरन्तरको सहयोगले त हस्तछेप निम्त्याउन सक्ला नै । त्यो हस्तछेपको स्वार्थ बाट सम्प्रदायिकता , जातियता र धार्मिक द्व्न्दको उठान देखी धर्म परिवर्तन, सिमा परिवर्तन सम्म हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिदैन ।
यो पुँजी सहयोगको मुल्य चुकाइले देश कमजोर हुने अवश्य भावी छ , कसैको मातहतबाट प्राप्त गरेको पद चाहे त्यो पाधानमन्त्री या राष्ट्र प्रमुख होस उसको भन्दा छोटो कदको बनाउछ । यो जान्दा जान्दै पनि सत्ता र पदको लोभले विग्रदो खस्कदो र कमजोर कुटनैतीक असफलता प्रतीको दुखेसो विज्ञहरुबाट निरन्तर आएकै छ । अब लोकतात्रिक गणतन्त्र आइसके पछी राज गर्ने जनता नै हुन । राज्य नै नरहे के को राज रहला, यसैले क्षणिक लाभ र नोक्सान होईन राष्ट्र प्रेमको आधार छोप्नु पर्छ । राष्ट्र प्रेमको लागी बरु त्याग गरेर समर्पण गरेर भएपनी आफ्नै माटोको लोकतन्त्र, ब्यवस्था, भाइचाराको उत्पादन गर्नु पर्छ । चिन्ताको विषय यो हो कि केहि दशक यता भएका विकशित घटना क्रममा हामिले चालेका रणनिती , हामीले गरेको राजनिति तथा क्रियाकलाप हामीले हाम्रो बुद्धी र विवेकले गरेको मानेका छौ, तीनै जुन हामीले छोपेको राजनैतिक लाईन जुन हाम्रो सोच र विवेक हो भनेका छौ ति सबै कतै अर्काको पोल्टामा परेको त छैन ? ति सबै विदेशिको स्वार्थ सँग मिल्न गएको त छैन ? विगतमा केहि राजनैतिक योद्घाहरुबाट पनि यस्तै अभिब्यतिm आइरहेको परिपे्रक्ष्यमा फेरी भन्न मन लागेको छ । जुन परिवर्तन र क्रान्तीको नाममा हामी यो आमुल परिवर्तन गर्यौ भन्ने सोचेका छौ, त्यै क्रियाकलापले विदेशी प्रभुलाई मद्यत पुगेको त छैन ? कतै हामी स्वयम् विदेशिको चक्रव्युमा त परेका छैनौ ?