द्वन्द्व र शान्ति अध्ययन : नेपालमा यसको आवश्यकता र औचित्यता

प्रकाशित मिति:

चिरञ्जिबी भण्डारी  – द्वन्द्व मानव जीवनमा अपरिहार्य तत्व हो । द्वन्द्वको वास्तविकता र शान्तिको चाहना मानव इतिहासको अभिन्न अङ्ग हो । द्वन्द्व र शान्तिका अध्येता योहान गाल्टु¨को धारणाले यसलाई बुझ्न सहयोग पु¥याउँछ । उनी भन्छन– “द्वन्द्व जीवन हो र जीवन द्वन्द्व हो” (गाल्टु¨, १९६९) । समाज विज्ञानका अध्येता म्याक्स वेभरले द्वन्द्व सामाजिक प्रक्र्यिाको रुपमा अपरिहार्य रहेको र यस्ता किसिमका द्वन्द्वबाट मूलतः शक्तिशाली व्यक्ति र समूहलाई फाइदा हुन्छ भन्नेमा विश्वास राख्छन् । उनको भनाईमा “द्वन्द्व मानव जीवनको एक अपरिहार्य यथार्थ हो । जुन शक्तिको प्रभाव र भिन्नताबाट सिर्जित हुन्छ” (वेभर, १९४८) । कार्ल माक्र्सले द्वन्द्वलाई वर्गीय दृष्टिकोणबाट चित्रित गर्दै वर्ग संघर्षको विश्वव्यापी समाजवादी राजनीतिक सिद्धान्तको प्रतिपादन गरेका छन् । माक्र्सको विचारमा “द्वन्द्व शक्ति र उत्पादनको श्रोतमाथि नियन्त्रण कायम गरेको वर्ग, श्रोत र शक्तिको पहुँचबाट अलग रहेको विपन्न वर्गका बीच उक्त श्रोत र शक्तिलाई आÏनो पक्षमा पार्ने प्रयासको उपज हो । जुन कुरा समाजमा असमानता रहेसम्म रहिरहनेछ ।” द्वन्द्व र समाजको अन्योन्याश्रित सम्बन्ध छ । यो समाजको अभिन्न अङ्ग हो । समाजभित्र द्वन्द्व यति व्यापक छ कि यो एउटा व्यक्ति भित्रै, अन्तर बैयक्तिक, परिवार वा समाज तथा समूदायभित्र र समूदायहरुका बीच निरन्तर चलिरहन्छ (वार्नर, २००१) ।  द्वन्द्वको बहुआयामिक प्रकृतिले गर्दा यसका कारणहरुमा समेत एकरुपता पाइँदैन । द्वन्द्व विभिन्न तहमा सिर्जना हुन सक्दछ । व्यक्ति, समाज, समूह, समूदाय, देश तथा अन्तर्राष्ट्रियस्तरमा सुक्ष्म देखि वृहत् कारणहरुले द्वन्द्वको सिर्जना हुन सक्छ । उदाहरणका रुपमा समाजमा रहेका श्रोत साधनहरुको असमान वितरण, उपलब्ध अवसरहरुमा असमान पहँुच, शक्तिको असमान प्रयोग, पुरस्कार, दण्ड र न्यायको विभेदपूर्ण प्रयोग, विचार, धर्म, संस्कृति, अभिव्यक्ति, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्ण एवं वर्गीय आधारमा राज्य र गैरराज्य शक्तिहरुबाट हुने सामाजिक आर्थिक र राजनीतिक भेदभावका कारण पनि द्वन्द्वको सिर्जना र विस्तार हुने गर्छ । शक्ति, श्रोत, पद र अभावलाई द्वन्द्वका मुख्य कारणका रुपमा लिन सकिन्छ (उप्रेती, २०६२) ।
द्वन्द्वलाई बुझ्ने र अध्ययन गर्ने सवालमा मुख्यतः दुईवटा धारणाहरु स्थापित छन् । एकथरि, द्वन्द्वलाई पूर्णरुपमा नकारात्मक हो भन्ने मान्यतामा विश्वास गर्छन् भने अर्काेथरि विश्लेषकहरु द्वन्द्व आफैमा नकारात्मक होइन र द्वन्द्वसँग सम्बन्धित हिंसा नकारात्मक हो भन्ने मान्यता राख्दछन । द्वन्द्वले समाज विकास र रुपान्तरणका लागि अवसर समेत प्रदान गर्छ । तर जब द्वन्द्व हिंसामा रुपान्तरण हुन्छ । यसले अनेकन समस्याहरु निम्त्याउँछ भन्ने धारणासँग सहमत छन् । पछिल्लो धारणामा विश्वास गर्ने द्वन्द्वविद् योहान गाल्टु¨का अनुसार “द्वन्द्व सदैव विनाशकारी मात्र हुँदैन । लोकतन्त्रमा हुने बहुदलीय प्रतिस्पर्धालाई द्वन्द्वको एउटा रुपमा लिन सकिन्छ । द्वन्द्वले समाजमा परिवर्तन र प्रणालीमा सुधार ल्याउन समेत सहयोग पु¥याउँछ ।” द्वन्द्वको वर्गीकरणका आधारमा द्वन्द्वलाई बाह्य र संरचनागत कारणबाट सिर्जित गरी दुई प्रकारबाट बुझ्न सकिन्छ (वार्नर, २००१) । सामन्यतया, व्यवस्थापनका दृष्टिकोणबाट द्वन्द्वलाई कठिन द्वन्द्व, विरोधाभासपूर्ण द्वन्द्व, सहमतियुक्त द्वन्द्व र भ्रमात्मक द्वन्द्व गरी चार तहमा विभाजन गरेको पाइन्छ (मार्टिनेली र अल्मेदा, १९९८) ।
यसैगरी शान्तिका सन्दर्भमा पनि फरक फरक धारणाहरु व्याप्त छन् । शान्ति भनेको हिंसाको अन्त्य मात्र होइन । योहान गाल्टु¨ले सकारात्मक शान्ति र नकारात्मक शान्तिका रुपमा यसको चर्चा गरेका छन् । जस अन्तर्गत प्रत्यक्ष हिंसाका श्रृङ्खलाको अन्त्यलाई नकारात्मक शान्तिका रुपमा परिभाषित गरिएको छ भने प्रत्यक्ष हिंसाका श्रृङ्खलाको अन्त्यका साथै संरचनागत र साँस्कृतिक हिंसाहरुको समेत अनुपस्थित रहेको अवस्थालाई सकारात्मक शान्तिका रुपमा चित्रित गरिएको छ । यसबाट के स्पष्ट हुन्छ भने व्यक्ति, परिवार, समाज, समूदाय, राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा हुने आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र लगायत अन्य हिंसात्मक द्वन्द्व र शान्तिका प्रत्यक्ष तर नकारात्मक सम्बन्ध हुन्छ । हिंसा बढदै जाँदा अशान्ति पनि बढ्छ । हिंसा घट्दै जाँदा शान्ति बढ्दै जान्छ । तर, यसको अर्थ हिंसात्मक द्वन्द्व नहुँदैमा शान्ति भइहाल्छ भन्ने होइन । गाल्टु¨को सकारात्मक शान्तिको परिभाषालाई मनन गर्ने हो भने पनि समाजमा दिगो शान्ति कायम हुनका लागि हिंसाको अन्त्यसँगै राजनीतिक स्थिरता, संरचनागत र साँस्कृतिक हिंसाको अन्त्य, सामाजिक न्याय, सुशासन्, प्रत्येक व्यक्तिको जीविकोपार्जनको सुनिश्चितता लगायतका बिषयहरुको सम्बोधन हुनु जरुरी छ ।
अतः द्वन्द्व र शान्तिको सम्बन्ध मानव जीवन, समाज, समूह, राष्ट्र र अन्तराष्ट्रियस्तरसम्म छ । मानव समाज रहेसम्म यसको औचित्यता रहिरहन्छ । मानव समाजसँगको अन्योन्याश्रित सम्बन्ध र जीवनका विविध पक्षहरुसँग अन्तरसम्बन्धित रहेका कारण द्वन्द्व र शान्ति अध्ययन एक सान्दर्भिक, महत्वपूर्ण र बहुआयामिक क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । विशेषतः यस कार्यक्रम मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन र कानुन संकाय अन्तर्गत विश्वभर नै संचालित छ । संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, युरोप, अफ्रिका र एशियाली मुलुकहरुका विभिन्न विश्वविद्यालयहरुले द्वन्द्व र शान्ति विषयलाई विभिन्न तह (स्नातक, स्नातकोत्तर र विद्यावारिधि) मा अध्यापन गराउँदै आएका छन् । यस विषय अन्तर्गत विभिन्न अध्ययन र अनुसन्धानमा आधारित कार्यक्रमहरु संसारभर नै संचालनमा छन् । यो बिषयको अध्ययनले मूलतः द्वन्द्वलाई बुझ्ने तरिकामा फरकपन ल्याउन सहयोगी भूमिका खेल्नुका साथै द्वन्द्व व्यवस्थापन, द्वन्द्व रुपान्तरण, शान्ति निर्माण, शान्तिको स्थायित्व एवं शान्तिको सस्कृतिलाई वढावा दिदै मानव विकासमा टेवा पु¥याएको छ । प्राज्ञिक क्षेत्रका अलावा विभिन्न अध्ययन अनुसन्धानमूलक संघसस्था, नागरिक समूह र गैरसरकारी तबरबाट पनि द्वन्द्व र शान्तिलाई सीपका रुपमा सिक्ने सिकाउने प्रचलन बढ्दो छ । द्वन्द्व समाधान र शान्ति निमार्णसँग सम्बन्धित छोटो र लामो समायावधिका कार्यक्रमहरु समेत संचालनमा रहेका छन् । यसै पृष्ठभूमिमा यो लेख मुख्यतः द्वन्द्व र शान्ति अध्ययनको शुरुवात, नेपालमा द्वन्द्व र शान्ति अध्ययनको महत्व र आवश्यकता, यसको वर्तमान अवस्था र भावी दिनमा यसको औचित्यताका सन्र्दभमा केन्द्रित रहेको छ ।

द्वन्द्व र शान्ति अध्ययनको शुरुवात : द्वन्द्व र शान्ति प्राज्ञिक अध्ययनको रुपमा कहिले देखि शुरुवात भयो भन्नेमा खासै स्पष्टता पाइदैन । प्लेटो, थुसीडाइड, ह्युगो ग्रोसियस (ल अफ वार एण्ड पिस, १६२५), थोमस हब्स (लेभियाथाँ, १६५१) र इमानुयल कान्ट (परपेचुयल पिस, १७९५)का कृतिहरुमा पनि कुनै न कुनै रुपमा शान्तिसँग सम्बन्धित छन (स्टेफेनसन, २०१०) । सन्् १८६० को दशकको अन्त्यतिर अर्थात अमेरिकी स्वतन्त्रता सँग्रामको शुरुवातसँगै सयुक्त राज्य अमेरिकामा द्वन्द्वका सम्बन्धमा अध्ययन हुन थालेको पाइन्छ । जसको शुरुवात क्याम्पसहरुमा रहेका क्लबहरुमा हुने अनौपचारिक छलफलबाट भएको पाइन्छ । त्यसैगरि युरोपमा पनि शान्ति अध्ययनको शुरुवात १९ औं शताब्दिको अन्त्यतिरबाट भएको पाइन्छ (थेलिन,१९९४) । बिसौं शताब्दीको शुरुवात देखिनै यो बिषय एउटा व्यापक अध्ययन क्षेत्रको रुपमा स्थापित भयो । पहिलो विश्वयुद्ध पछि अमेरिकाका २८ औं राष्ट्रपति थोमस वुडरो विल्सनले विभिन्न राष्ट्रका राष्ट्राध्यक्षहरुको भेलामा युरोपको शान्तिपूर्ण भविश्यका लागि १४ बुँदे शान्ति सिद्धान्तहरु उल्लेख गरेका थिए । जसका आधारमा लिग अफ नेशनको स्थापना भयो (लिंक, १९८४) । जसले अप्रत्यक्ष रुपमा द्वन्द्व र शान्तिको अध्ययनका लागि केही आधारहरु समेत तय ग¥र्याे। त्यसैगरी दोेश्रो विश्वयुद्ध र विश्वयुद्धको अन्त्यसँगै स्थापित संयुक्त राष्टसंघको प्रभावले पनि यसको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्यो । तरपनि, औपचारिक रुपमा द्वन्द्व र शान्ति अध्ययन संयुक्त राज्य अमेरिकामा सन्् १९४८ मा ब्रेथेन चर्चको सहयोगमा म्यानचेष्टर कलेज, नर्थ म्यानचेष्टर इन्डियानामा पहिलो पटक शुरुवात भएको पाइन्छ, तत्कालिन समयमा उक्त कार्यक्रम स्नातक तहमा संचालित थियो (होल्ली, २०१०)। विशेषत सन १९३० देखि १९६० को दशकसम्म आइपुग्दा पनि शान्ति अध्ययनको मुख्य बिषय भनेको युद्धका कारणहरु र देशहरुका बिचको शक्ति सन्तुलनमा केन्द्रित थियो (स्टेफेनसन, २०१७) । क्रशशः सन्् १९६० को दशकमा युरोपमा शान्ति अध्ययन केन्द्रहरु स्थापना भएका थिए । यद्यपि उक्त केन्द्रहरुमा औपचारिक अध्ययनको कार्यक्रम सञ्चालन भएको थिएन । द्वन्द्वको व्यापक अध्ययन गर्ने हेतुले सन् १९५९ मा नर्वेमा पिस रिसर्च इन्स्टिट्युट ओस्लो (पिरो) स्थापना भयो । उक्तसंस्थाले क्रमशः सन् १९६४ देखि जर्नल अफ पिस रिर्सच र १९७० देखि बुलेटिन अफ पिस प्रपोजल प्रकाशन गर्न थाल्यो (अक्सफोर्ड, २०१३) । त्यसैगरी सन् १९६६ मा स्वेडेनमा स्टकहोम इन्टरनेशनल पिस रिर्सच इन्स्टिट्युट (सिप्री) स्थापना भएको थियो । सन १९६८ देखि यस सस्थाले हतियार, निशस्त्रीकरण र अन्तराष्ट्रिय सुरक्षाका विभिन्न आयामहरु समेटेर सिप्री बर्ष पुस्तक प्रकाशन गर्न थाल्यो । जसका कारण शान्ति र सुरक्षाको अध्ययनको क्षेत्रमा नयाँ आयाम थपिएको मान्यता छ (सिप्री, २०१७) । त्यसैगरी सन १९६३ मा स्वेडेनमा पिस रिसर्च सोसाइटीको स्थापना भएको थियो र एलिस एम. बोउल्डीङको नेतृत्वमा द्वन्द्व र शान्तिका विविध क्षेत्रहरुमा संलग्न अध्येताहरुलाई समेटेर प्राज्ञिक बहस र छलफल गर्ने गरी एउटा नयाँ प्लेटफर्मका रुपमा सन १९६४ मा इन्टरनेशनल पिस रिर्सच एसोसियसनको स्थापना भएको थियो (गाल्टु¨, १९६७) ।भियतनाम युद्वको शुरुवात सँगै उत्तर अमेरिका केही विश्वविद्यालयहरुमा भियतनाम युद्ध केन्द्रित अध्ययनको शुरुवात भएको थियो । त्यसकै क्रममा सन् १९६८ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा रहेको एक निजी क्याथोलिक कलेज मानह्याटन कलेज र न्यूयोकको माथिल्लो भागमा पर्ने कोलगेट विश्वविद्यालयले सन् १९६९ देखि द्वन्द्व अध्ययन कार्यक्रमको शुरुवात गरेको पाइन्छ । युरोपको सन्र्दभमा स्वीडेनका दुई विश्वविद्यालयहरु उप्शाला र गोथेनवर्गले क्रमशः सन् १९७१ र १९७८ मा शान्ति र विकास अध्ययन केन्द्र स्थापना गरेका थिए । जसले द्वन्द्वलाई शान्ति र विकासको अभिन्न अङ्गको रुपमा अध्ययन अनुसन्धानमा जोड दिएको पाइन्छ । बेलायतमा सन् १९७३ देखि व्राडफोर्ड विश्वविद्यालयले शान्ति अध्ययन कार्यक्रमको शुरुवात गरेको हो । यिनै कार्यक्रमहरुलाई नै युरोपमा व्यवस्थित रुपमा स्थापित द्वन्द्व र शान्ति अध्ययन कार्यक्रमको रुपमा लिने गरिन्छ ।  आणविक हतियारको उत्पादन र यसको प्रयोगबाट हुने सम्भावित त्रास रोक्न सचेतना स्वरुप १९८० को दशकमा विभिन्न विश्वविद्यालयहरुमा द्वन्द्व र शान्ति अध्ययनसँगै विभिन्न प्रशाखाको विस्तार भएको पाइन्छ । यही समयदेखि नै शान्ति अध्ययन र अनुसन्धान प्राज्ञिक खोजको महत्वपूर्ण बिषयको रुपमा स्थापित हुन पुग्यो । यसै समयावधिमा द्वन्द्व र शान्तिसँग सम्बन्धित शब्दावली को विकास, तिनको परिभाषा, अध्ययनमा विविधता, विधि र बैज्ञानिक अनुसन्धान पद्धति तथा आवश्यक तथ्यांकहरुको खोजीसमेत हुन थाल्यो । सन् १९८० मा संयुक्त राष्ट्रसंघले मध्य अमेरिकी मुलुक कोस्टारिकामा शान्ति विश्वविद्यालयको स्थापना गरेसँगै द्वन्द्व र शान्ति अध्ययनको विश्वव्यापी बैधानिकता स्थापित हुनपुग्यो । उक्त विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरका विभिन्न द्वन्द्वहरु र शान्ति स्थापनाका सन्र्दभमा संयुक्त राष्ट्रसंघ र अन्य निकायहरुका विभिन्न प्रयासहरुको अध्ययन अनुसन्धानका लागि थप अवसर प्रदान ग¥यो ।  सन् १९८० को दशकको मध्यतिर आइपुग्दा पश्चिम युरोप र उत्तर अमेरिकाका विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय द्वन्द्व र आणविक विनासका चुनौतिमा केन्द्रित अध्ययनको शुरुवात हुन थाल्यो । त्यसैगरी १९९० को दशकमा आइपुग्दा शान्ति अनुसन्धान शान्तिको निमार्ण, शान्तिको सस्कृति, वातावरण, विकास र द्वन्द्व लगायतका थप बिषयहरुमा समेत लक्षित बन्न पुग्यो । शीतयुद्वको अन्त्यसँगै शान्ति अध्ययनको प्राथमिकतामा केही परिवर्तन हुन पुग्यो । यस अवविधमा विशेषतः अन्तर्राष्ट्रिय राजनीति र विभिन्न राष्ट्रहरुको शक्ति संघर्ष भन्दा गृहयुद्व, नागरिक हिंसा, जातीय आन्दोलन लगायतका बिषयहरुमा सरोकार राख्न थाल्यो । विभिन्न साम्प्रदायिक समूह र राज्यका बिचको द्वन्द्व नै आन्तरिक र बाह्य सुरक्षाको चुनौतिका रुपमा स्थापित बन्न पुग्यो । परिणामस्वरुप अध्ययनको दायरा अझ फराकिलो पारियो र १९९० को दशकको मध्यतिरबाट अमेरिकामा विश्वविद्यालयहरुमा शान्ति अध्ययनको पाठ्यक्रममा नकारात्मक शान्तिबाट सकारात्मक शान्ति केन्द्रित बिषयवस्तुहरुमा थप महत्व दिन थालियो (बारस एण्ड वेवेल, २०१८) । यसैगरी सन २००१ को सेप्टेम्बर ११ मा संयुक्त राज्य अमेरिकाको ट्विन टावर र पेन्टागनमा भएको आक्रमणले अन्तराष्ट्रिय आतंकवाद, यसको नियन्त्रण र यसको अन्तराष्ट्रिय प्रभावका बारेमा समेत अध्ययन अनुसन्धानहरु हुन थाल्यो ।
सन २००८ मा अन्तराष्ट्रिय हेराल्ड ट्रिव्यूनमा प्रकाशित एक लेखलाई आधार मान्ने हो भने संसारभर करिब ४०० भन्दा बढी विश्वविद्यालय वा अनुसन्धान केन्द्रहरुमा द्वन्द्व र शान्ति सम्बन्धि अध्ययन र अनुसन्धान संचालन भइरहेको छ । जसमध्ये अमेरिकामा अमेरिकन विश्वविद्यालय वासि¨टन, डि.सी, युनिभसिर्टी अफ नोर्टे डाम, जर्ज मेशन युनिभर्सिटी भर्जिनिया, साइराकस युनिभर्सिटी, संयुक्त अधिराज्यमा युनिभर्सिटी अफ वार्डर्फार्ड, किंग्स कलेज, लण्डन मेट्रोपोलिटन कलेज, इंग्ल्याडमा युनिभर्सिटी अफ कोभेन्ट्री र युनिभर्सिटी अफ योर्क, यू एन म्यानडेट पिस युनिभर्सिटी (कोस्टारिका), लण्ड र उप्शाला युनिभर्सिटीज (स्वीडेन), क्वीन्सल्यान्ड र सिडनी युनिभर्सिटी (अष्ट्रेलिया), युनिभर्सिट्याट जाउमे आई (स्पेन), युनिभर्सिटी अफ ओस्लो र ट्रम्सो (नर्वे), युनिभसिर्टी अफ वाटरलु (क्यानडा), युनिभर्सिटी अफ हिरोसिमा (जापान), मार्वु¨ युनिभर्सिटी (जर्मनी), साइन्स पो (फ्रान्स), युनिभर्सिटी अफ अमस्टरडाम (नेदरल्याण्ड) र द युनिभर्सिटी अफ ओटागो (न्यूजिल्याड) द्वन्द्व र शान्ति अध्ययनका लागि उत्कृष्ट विश्वविद्यालयका रुपमा लिने गरिन्छ (बारस एण्ड वेवेल, २०१८) ।

नेपालमा द्वन्द्व र शान्ति अध्ययनको शुरुवात   वि.सं. २०५२ मा तत्कालीन ने.क.पा. माओवादीले शुरुवात गरेको सशस्त्र द्वन्द्वका कारण नेपालको भौतिक, सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक र अन्य विविध क्षेत्रहरुमा परेको नकारात्मक असरको अक्सर छलफल र चर्चा गर्ने गरिन्छ । यो स्वाभाविक पनि छ । द्वन्द्वका क्रममा करिब १७,००० व्यक्तिले ज्यान गुमाए । हजारौं व्यक्तिहरु विस्थापित भए(राई, २०७१) । त्यसैगरी झण्डै ८००० बालबालिकाहरु आमाबाबु विहीन बन्न पुगे, ४१९ महिलाहरु आफ्ना श्रीमान गुमाए, करिब १३०० व्यक्तिहरु बेपत्ता भए । खर्बाैं रुपैया बराबरको भौतिक पूर्वाधारहरु नष्ट भए । उद्योग व्यवसाय, पर्यटन लगायतका विविध क्षेत्रमा द्वन्द्वको प्रत्यक्ष असर देखियो । माओवादी द्वन्द्वको शुरुवाती चरणमा नेपालमा द्वन्द्वसम्बन्धी लेख, रचना र सन्दर्भ सामाग्रीको अभाव रह्यो । द्वन्द्वको क्षेत्रमा विदेशी विश्वविद्यालयबाट ज्ञान हासिल गरि अध्ययन अनुसन्धानमा संलग्न नेपालीहरुको संख्या पनि अत्यन्त न्यून थियो (उप्रेती, २०६२) ।
२०६३ मंसिर ५ गते तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादी र सरकारका बीच बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । फलतः देशमा जारी एक दशक लामो द्वन्द्व अन्त्य भयो । सशस्त्र द्वन्द्वपश्चात् विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुको विशेष चासो र चिन्ता द्वन्द्वलाई रुपान्तरण गर्दै दिगो शान्ति स्थापनाका लागि सहजीकरण गर्न सक्ने जनशक्ति देशभित्र नै तयार पार्नुपर्दछ भन्ने बिषयमा केन्द्रित रहन पुग्यो । तसर्थ, नेपाली समाजमा रहेको द्वन्द्व बुझ्न र बुझाउन देशभित्रै उच्च शिक्षाको आवश्यकता महसुस हुन थाल्यो । विश्वविद्यालय मार्फत अध्ययनको शुरुवात गर्नुपर्ने बहस र छलफलको थालनी भयो । द्वन्द्वको एउटा सकारात्मक उपलब्धिका रुपमा विभिन्न सुरक्षा निकाय, कुटनीतिक नियोग, प्राज्ञिक समूदाय लगायत राजनीतिक वृतमा समेत विश्वविद्यालय तहमा यसको अध्ययन अनुसन्धानको कार्य प्रारम्भ गर्ने बिषयमा सहमति बन्यो । जस अनुरुप २०६४ सालमा द्वन्द्वका विभिन्न आयामहरुको अध्ययन र अनुसन्धान सम्बन्धी कार्यहरु गर्नका लागि त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन कार्यक्रमको शुरुवात गरेको थियो । यो नै सन् १९५९ मा स्थापित नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र नेपालका लागि द्वन्द्व र शान्ति अध्ययनको पहिलो खुड्किलो थियो ।  विश्वविद्यालयमा द्वन्द्व र शान्ति केन्द्रित कार्यक्रमको शुरुवातको श्रेय द्वन्द्वका पक्षहरु, तत्कालीन नेकपा माओवादी र सरकार, त्रिभुवन विश्वविद्यालयको तत्कालीन नेतृत्व, प्राज्ञिक समूह र विशेषतः मानविकी र सामाजिकशास्त्र संकायका तत्कालीन डिन प्रा.डा. रमेशराज कुँवर, मानवशास्त्री डा. शौभाग्य शाह र नर्वेजियन युनिर्भसिटी अफ लाइफ साइन्सेसमा कार्यरत नेपाली प्राध्यापक डा. विशाल सिटौला लगायतलाई जान्छ । यसमा अन्य स्वदेशी तथा विदेशी बिज्ञहरु र कार्यक्रम सञ्चालनका लागि विभिन्न समयमा विभिन्न संघसंस्थाले सहयोग गरे । यस कार्यक्रमलाई काठमाडौमा मात्र केन्द्रित नगरी विस्तार गर्ने सन्दर्भमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापनासँगै २०६९ सालदेखि सुर्खेतमा स्नातकोत्तर र स्नातक तहमा द्वन्द्व र शान्ति अध्ययनको शुरुवात भयो । उक्त कार्यक्रमका लागि पाठ्यक्रम निमार्ण देखिका कामहरुमा त्रिभुवन विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले भूमिका निर्वाह गरे । यसले माओवादी सशस्त्र द्वन्द्वको उद्गम क्षेत्र रहेको मध्यपश्चिममा द्वन्द्व र शान्तिका विभिन्न आयामहरुको अध्ययन, अनुसन्धानका साथै प्राज्ञिक बहसमा महत्वपूर्ण योगदान पुयाएको छ । नेपालमा हाल त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अलावा अन्य विश्वविद्यालयहरुका विभिन्न संकायमा र नेपालका सुरक्षा निकायहरु :नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले पनि क्रेडिट र ननक्रेडिट कार्यक्रम मार्फत आÏना अधिकृतहरुलाई द्वन्द्व र शान्तिका विभिन्न आयामबारे अध्यापन गराउँदै आएका छन् ।

नेपालमा द्वन्द्व र शान्ति अध्ययनको वर्तमान अवस्था  : द्वन्द्व, शान्ति र विकासका विभिन्न आयामलाई समाविष्ट गरी अध्यापन शुरु गरेको त्रिभुवन विश्वविद्यालयको एक दशक र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आधा दशक अवधि पुरा भएको छ । मुख्यतः त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सञ्चालित कार्यक्रम विश्वविद्यालयका अन्य नियमित कार्यक्रमहरु भन्दा केही पृथक छन् । सेमेष्टर पद्धतिमा शुरु गरिएका उक्त कार्यक्रमका अध्येताहरुले द्वन्द्वका कारणहरु, समाधानका विधिहरु र औजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्छन् । विभिन्न द्वन्द्वग्रस्त देशहरुको घटना अध्ययन, शान्ति सुशासन, प्राकृतिक श्रोत साधनहरुको व्यवस्थापन, राष्ट्रिय सुरक्षा, मानव अधिकार र मानवीय कानुन, शान्ति र निशस्त्रीकरण, द्वन्द्व न्यूनीकरण, नियन्त्रण, व्यवस्थापन र शान्ति निमार्ण यस कार्यक्रमका अन्तर्वस्तु हुन् । यसका अलावा संयुक्त राष्ट्रसंघ र अन्य संघ संस्थाहरुको भूमिका, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, विकास, लैङगिक अध्ययन, वातावरण, मनोविज्ञान आदि जस्ता अन्तरसम्बन्धित विषयको अध्ययन अनुसन्धानसँग यो सम्बन्धित छ (त्रिभुवन विश्वविद्यालय, २०७०) । यस बिषयको अध्ययनले विभिन्न पेशामा आवद्ध व्यावसायिक व्यक्तिहरुका साथै भर्खर स्नातक गरेका युवा विद्यार्थीहरुमा द्वन्द्व र शान्तिको ज्ञानको दायरा फराकिलो बनाएको छ । विगतको एक दशकलाई आधार मान्ने हो भने नेपालमा माओवादी द्वन्द्व, शान्ति प्रक्रिया, र माओवादी सेनाका लडाकुहरुको समायोजन र पुर्नस्थापना, नेपाली सेनाको लोकतान्त्रिकरण, द्वन्द्वोत्तर शान्ति निमार्ण, शान्ति निमार्णमा महिलाको सहभागिता, शान्ति संरचनाहरु र स्थानीय शान्ति समितिको भूमिका, द्वन्द्वोत्तर पुनर्निमाण, संक्रमणकालीन न्याय, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको काम कारवाही लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा अनुसन्धान र प्राज्ञिक बहस भएको प्रष्ट देख्न सकिन्छ ।
द्वन्द्व र शान्ति अध्ययनको क्षेत्र आफैमा विस्तृत र व्यापक छ । विश्वविद्यालयका जुनसुकै कार्यक्रमको सफलता र असफलताको मापन गर्ने एउटा कडीका रुपमा यस कार्यक्रमबाट उत्तीर्ण व्यक्तिहरुको सँगलनतालाई पनि आधार मान्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास कार्यक्रम अन्तर्गत विगत १० बर्षको दौरानमा उत्पादित जनशक्तिलाई हेर्ने हो भने पनि ग्य्राजुएटहरुको पहिचान पृथक छ । यस कार्यक्रमका उत्तीर्ण जनशक्तिहरु मुख्यतः नेपालको शान्ति प्रक्रियाको अभिन्न अङ्गको रुपमा रहेको माओवादी सेनाका लडाकुहरुको हतियार व्यवस्थापन, अनुगमन, समायोजन र पुनःस्थापना, शान्ति मन्त्रालय, नेपाल शान्ति कोषको सचिवालय तथा विभिन्न शान्ति संरचनाहरुमा रहेर शान्ति निमार्णका सवालमा महत्वपूर्ण योगदान गरको पाइन्छ । कोही विभिन्न विश्वविद्यालयहरुमा प्राध्यापन, अनुसन्धान केन्द्रमा आवद्ध रही अनुसन्धान, छात्रवृत्ति हासिल गरी स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि अध्ययनमा संलग्न छन् । कतिपय उत्पादन सुरक्षा निकाय, सरकारी सेवा, संयुक्त राष्ट्रसंघीय शान्ति नियोग र अन्तर्राष्ट्रिय परियोजना, निजी क्षेत्र, दातृ निकाय एवं विकास साझेदार संस्थाहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, एवं सञ्चार क्षेत्रमा सक्रिय छन् । यसका अलावा उद्यमशीलतालाई शान्तिसँग जोडेर कार्य गर्ने विद्यार्थीहरुको संख्या पनि बढदो छ ।

द्वन्द्व र शान्ति कार्यक्रमको औचित्यता  : भूमण्डलीकरण, आतंकवाद, साना तथा घरेलु हातहतियारको ओसारपसार, जातीय र धार्मिक युद्व, गृहयुद्ध, शक्ति राष्ट्रहरुको शक्ति संघर्ष, साइवर अपराध लगायतका विविध घटनाक्रमका कारण विश्वव्यापी रुपमा द्वन्द्व र शान्ति अध्ययनको औचित्यता र आवश्यकता राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा दिन प्रतिदिन बढ्दै गएको प्रतित हुन्छ । त्यसैगरी द्वन्द्व मानव जीवन र समाजसँग अन्तरनिहीत रहेकोले समाज रहेसम्म यसको औचित्यता सदैव कायम रहनेमा कुनै दुविधा छैन । औपचारिक रुपमा द्वन्द्व र शान्ति अध्ययनको शुरुवात भएको करिब ७० बर्ष मात्र पुगेको छ । त्यसैगरी द्वन्द्वलाई अहिसात्मक तवरबाट समेत समाधान गर्न सकिन्छ भन्ने अवधारणामा महात्मा गान्धीद्वारा प्रतिपादित अंहिसात्मक आन्दोलन, मार्टिन लुथर कि¨ जुनियरको अंहिसा र नागरिक आन्दोलन र जेने सार्पको अहिसात्मक क्रियाकलापमा गरेको योगदानले मानव समूदायमा व्याप्त द्वन्द्वलाई अहिंसात्मक र शान्तिपूर्ण तबरबाट सम्बोधन गर्न सकिन्छ भन्नेमा प्रेरित गर्छ । यसले द्वन्द्वका विभिन्न आयामहरुको सम्बोधन, अध्ययन अनुसन्धानका साथै हिंसारहित आन्दोलनका लागि आवश्यक सीपहरु समेत प्रदान गर्दछ । फलतः विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्रसंघीय शान्ति कार्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुद्वारा सञ्चालित शान्ति र विकास सम्बन्धी परियोजना, सुरक्षा निकायहरु आदिमा द्वन्द्व र शान्ति सम्बन्धि ज्ञान भएको जनशक्तिको माग दिनप्रतिदिन बढदै गएकोछ ।  नेपालको सन्र्दभमा बृहत् शान्ति सम्झौता २०६३ मा उल्लेख भएका विभिन्न कार्यहरु मध्ये लडाकुहरुको व्यवस्थापन र संविधान निर्माण, संघीयता मार्फत राज्यशक्तिको विकेन्द्रीकरण, द्वन्द्वको समयमा भत्काइएका संरचनाको पूनःनिर्माणजस्ता केही विषयमा उपलब्धि हासिल भएता पनि दिगो शान्तिको लक्ष्यमा पुग्न विद्यमान संरचनागत हिंसा, गरिबी, अशिक्षा, लैङगिक, जातीय, वर्गीय र क्षेत्रिय विभेद तथा श्रोत साधनहरुको असमान वितरण र द्वन्द्वपिडितहरुको न्याँय लगायतका विषयको उचित सम्बोधन लगायतका प्रशस्त कार्यहरु बाकी छन ।  त्यसैगरी, २०७२ सालमा जारी संविधान बमोजिम २०७४ सालमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भएसँगै जनप्रतिििनधि विहिन स्थानीय निकायहरुले लामो समयदेखि निकास पाएको छन । राजनैतिक र अन्य संक्रमणहरु विद्यमान रहेता पनि देशमा संबैधानिक रुपमा संक्रमणकालको अन्त्य भएको छ । यद्यपि शान्ति प्रक्रियाको अभिन्न अङ्गको रुपमा अंगीकार गरिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोगको काम कारवाहीले पूर्णता पाइसकेको छैन । आयोगहरुको काम, कारवाहीका सन्र्दभमा भएको ढिलासुस्तीको चौतर्फी आलोचना भएको छ भने कामकारवाहीमा ढिलाई र राष्ट्रिय र अन्तराष्ट्रिय तत्वहरुका कारण द्वन्द्वपीडितहरु आफैमा विभिाजनको संघारमा छन । यो अवस्थाले संक्रमणकालिन न्याँयका सवालमा थप अन्योलता सिर्जना गरेको छ ।  शान्ति तथा पूर्ननिमार्ण मन्त्रालयमा आवद्ध रहेर स्थानीय तहमा कार्यरत रहेका स्थानीय शान्ति समितिका अधिकृतहरुको म्याद २०७४ असार मसान्तमा नै समाप्त भइसकेको छ, त्यसैगरी २०७५ असारदेखि स्थानीय शान्ति समितिले आफू मातहत रहेका कागजातहरु समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जिम्मा लगाई पूर्ण रुपमा यो संरचना नै बन्द भइसकेको अवस्था छ । त्यसैगरी शान्ति तथा पुनःनिर्माण मन्त्रालय समेत गृह मन्त्रालयको एउटा शाखाको रुपमा सीमित बन्न पुगेको छ ।  राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले राज्यको एकिकरण गरेदेखि नै अभ्यासमा रहेको केन्द्रीकृत राज्य व्यवस्था खारेज भएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । नयाँ संविधानमा उल्लेख भए बमोजिम संघ, प्रदेश र स्थानीय तह गरी ३ तहका सरकारहरु छन । नेपालको संविधान २०७२ को अनुसूची ५, ६, ७, ८ र ९ मा विभिन्न तहको अधिकारलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । यद्यपि स्थानीय, प्रदेश र केन्द्रका बिचमा विभिन्न सवालहरुमा अन्तरसम्बन्धित छन । प्राकृतिक श्रोत साधनको उपलब्धता र उपयोगको नीति निर्माण, लामो समयदेखि अभ्यासमा रहेको सामाजिक विभेद, राजनैतिक अस्थिरता र दण्डहीनताको अन्त्य तथा नेपाली जनताले अपेक्षा गरेको शान्ति र समृद्धिको चाहना पुरा गर्नैपर्ने चुनौती देशका सामु छन् ।

अन्त्यमा,  संघियता कार्यान्वयनको सन्र्दभमा अबलम्बन गरिएका ७५३ स्थानीय तह, ७ प्रदेश र केन्द्र र प्रदेश, स्थानीय तह र प्रदेश लगायत स्थानीयतहरुका बीच र स्थानीय तहको कार्यक्षेत्र भित्र उत्पन्न विवाद, बहुजातिय, बहुभाषिक तथा बहुसाँस्कृतिक नेपालमा रहेका विभिन्न समूदाय र समूहबीचको सदभाव र सामन्जस्यता, आस्था, विचारधारा र पहिचानसँग आधारित रहेर उत्पन्न हुने विवाद न्यूनीकरण, व्यक्तिका असिमित आवश्यकता र सिमित श्रोत साधनका कारण उत्पन्न विवादहरु वर्तमान नेपाली समाजका ज्वलन्त चुनौती छन् । विद्यमान विवादहरु र भविश्यमा उत्पन्न हुनसक्ने द्वन्द्वहरुको समेत शान्तिपूर्ण समाधानका लागि द्वन्द्वको नक्शाङ्कन, विश्लेषण, संवाद, वार्ता, मेलमिलाप लगायतका सीपयुक्त ज्ञान भएका जनशक्तिको आवश्यकता पर्दछ । विवादलाई प्रारम्भिक चरणमै समाधान गर्न र समाजमा विद्यमान द्वन्द्वका संरचनागत कारणहरुः जस्तै विभेद, अशिक्षा, बेरोजगारी, पहँुचमा असमानता लगायतका विषयको उचित पहिचान तथा सम्बोधनका लागि समेत बिषयगत ज्ञान र सीप हासिल गरेका व्यक्तिहरुको भूमिका अपरिहार्य छ । यसर्थ, स्थानीय तहमा सम्भावित विवादको न्यूनीकरण र उत्पन्न विवादको व्यवस्थापन र दीर्घकालीन रुपान्तरणका लागि विवाद समाधानको दिगो संरचनाको आवश्यकता पर्दछ । र उक्त संरचनालाई समन्वय गर्नका लागि दक्ष र अनुभवि द्वन्द्व व्यवस्थापकहरुको खाँचो पर्दछ । यसका लागि नेपाल सरकारले निजामती सेवा अन्तर्गत स्थानीय तहमा हाल कार्यरत विभिन्न सेवा र समूहका अधिकृतहरु सरह द्वन्द्व र शान्ति क्षेत्रको बिषयगत ज्ञान प्राप्त व्यक्तिहरु प्रतिस्पर्धी रहने गरी कम्तीमा एक स्थानीय निकाय, एक द्वन्द्व व्यवस्थापक वा शान्ति अधिकृतको दरबन्दी सिर्जना गर्न सकेमा यसले हाल स्थानीय सरकारहरु गाँउपालिका र नगरपालिकामा विद्यमान स्थानीय न्याँयिक समितिहरुलाई समेत सहयोग पुयाँउदछ । त्यसैगरी स्थानीय तवरमा सिर्जित विवादहरुको सहज समाधानले सामाजिक सदभाव, शान्ति र सदभावमा सहयोग पुयाँउन सक्दछ । यसका अलावा, नेपाली विद्यार्थीहरुले स्वदेश र विदेशी विश्वविद्यालयबाट आर्जन गरेको द्वन्द्व रुपान्तरण र शान्ति निमार्ण सम्बन्धी ज्ञान र सीप नेपालमै उपयोग हुन अवसर पनि सिर्जना हुन्छ । नेपाली समाज र राष्ट्रमा दिगो शान्ति, स्थायित्व र सामाजिक सामन्जस्यता कायम गर्न उनीहरुले हासिल गरेको ज्ञान महत्वपूर्ण सावित हुन सक्छ । जसका लागि स्थानीय तहसँग समन्वय गर्ने निकाय (सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) ले लोकसेवा आयोग र अन्य सरोकारवाला निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउन आवश्यक छ ।

सन्र्दभ सामाग्री
अक्सफोर्ड, रेवेका, एल, २०१३, द ल्यांग्वेज अफ पिस ः कम्यूनिकेटी¨ टु क्यिट हार्माेनी. इन्फरमेशन एज पब्लिसी¨ इंक, मेरिल्याण्ड, युएसए ।
उप्रेति, बिष्णुराज, २०६२, द्वन्द्व व्यवस्थापन, भृकुटी एकेडेमिक पब्लिकेशन्स, प्रदशनीमार्ग काठमाडौं ।
गाल्टु¨, योहान, १९६९, भोइलेन्स, पिस एण्ड पिस रिसर्च, जर्नल अफ पिस रिसर्च ६, १६७–१९१
गाल्टु¨, योहान, १९६७, थ्योरिज अफ पिस ः अ सिनथेटिक एर्पाेच टु पिस थिंकी¨, इन्टरनेशनल पिस रिसर्च इन्टिच्यूट, ओस्लो ।
थेलिन, बेन्थ, १९९४, अर्लि टेन्डेन्सिज इन पिस इजुकेशन इन स्विीडेन, इन्टरनेशनल पिस रिसर्च एसोसियसनको माल्टामा भएको १५ औं सम्मलेनमा पिस एजुकेशन कमिशनमा प्रस्तुत कार्यपत्र ।
नेपालको संविधान, २०७२, कानून किताव व्यवस्था समिति (२०७२ भाद्र) काठमाडौं ।
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बिच भएको विस्तृत शान्ति सम्झौता, २०६३, शान्ति मन्त्रालय काठमाडौ ।
बारस, डेभिड पी. एण्ड वेवेल, चाल्र्स पी।, २०१८, पिस एण्ड कन्फिल्कट स्टडीज, सेज पब्लिकेशन, इंक
मार्टिनेली डी. पी. र अमेल्दा, ए. पी.,१९९८, नेगोसियसन, म्यानेजमेन्ट एण्ड सिस्टम थिंकी¨ ः स्टिमेटिक प्राक्ट्रिस एण्ड एक्सन रिसर्च ११(३) ः३१९– ३३४
राई, आस्था, २०७१, द राइज एण्ड फल अफ द मावोइस्ट (शुक्रवार, १३ फेवु्रअरी, २०१५), नेपाली टाइम्स, काठमाडौ ।
लिंक, अर्थुर, एस, १९८४, ( लिंक एण्ड एट.अल, सम्पादित) द पेपर्स अफ वुडरअ विल्सन अंक ४५ ः ५३६
वार्नर, माइकल, २००१, कम्लेक्स परबलम्स नेगोसिएटेड सोलुसनः द प्राक्टिकल एप्लिकेशन अफ क्ओस एण्ड कम्लेक्सिटी थ्योरी टु कम्यूनिटी बेस नेचुरल रिर्सोस म्यानेजमेन्ट, केयर इन्टरनेशनल, युके ।
वेभर, म्याक्स, द थ्योरी अफ शोसियो एण्ड इकोनोमिक अर्गनाइजेशन, इलिनोसिस. द फ्रि प्रेस ।
स्टेफेनसन, क्यारोलिन, २०१७, पिस रिसर्च÷पिस स्टडीज ः अ टवइन्टिथ सेन्चुरी इन्टलेक्चुयल हिस्ट्री. अक्सफोर्ड रिसर्च इनसाइक्लोपेडिया अफ् इन्टरनेशनल स्टडीज ।
सिप्री, २०१७, सिप्री इयरबुक २०१७, अर्मामेन्ट, डिसअर्मामेन्ट एण्ड इन्टरनेशनल सेक्युरिटी समरी, स्टकहोल्म. स्वेडेन ।
होल्लि, अब्राहम्स, २०१०, पिस स्टडिज पाइनियर डाइज एट सेभेन्टी सेभेन, द जर्नल ग्याजेट ।
त्रिभुवन विश्वविद्यालय, २०७१, द्वन्द्व, शान्ति र विकास स्नातकोत्तर तहको पाठ्यक्रम (सन२०१४÷२०१५) त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाजशास्त्र संकाय डिनको कार्यालय, किर्तिपुर, काठमाडौ । सेना दिवस २०७५ को अवसरमा प्रकाशीत सिपाई वार्षीकी २०७५ वाट साभार