मिस आइकनको ताज अमिसालाई

प्रकाशित मिति:

बुटवल – सौन्दर्य प्रतियोगिता शोमा मिस आइकनको फाइनल राउण्डबाट बुटवलकी अमिसा थापा विजयी भएकी छन् । प्रो सोउल शेकर्सर्ले आयोजना गरेको कार्यक्रमको फाइनलमा पुग्न सफल ६ जना मध्य थापाले उत्कृष्ट क्षमता प्रदशन गर्दै आइकनको उपाधी हात पारेकी हुन । दरवार लन पार्टी प्यालेश योगिकुटीमा सम्पन्न कार्यक्रममा उनलाई बिजयी घोषणा गरिएको हो ।

यसपटकको मिस लिटिल आइकनको उपाधी भने सुप्रिया पुनले हात पारेकी छन् । उमेरले सबैभन्दा सानो प्रतिस्पर्धीलाई लिटिल आइकनकने बिजयी बनाउने नियम अनुसार पुनलाई सो उपाधी प्रदान गरिएको हो । त्यसैगरी पहिलो रनर अपको उपाधी सन्ध्या के.सी.ले जित्न सफल भइन भने दोस्रो रनरअपको उपाधी पनी मिस लिटिल आइकन बन्न सफल सुप्रिया पुनले नै जित्न सफल भएकी छन् ।

कार्यक्रमको विभिन्न राउण्डहरु विगत एक महिना अघिदेखी सञ्चालनमा थियो । बुटवलका युवा, युवती तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरि उनिहरु भित्र रहेको प्रतिभालाई उजागर गर्ने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको कोरियोग्राफर युकेशमान ज्ञवालीले गरेका थिए । कार्यक्रमम अमृत पौडेलको अध्यक्षता, दिवाकर पौडेलको प्रमुख आथित्यता र आविस्कार पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।