चौथो सैनामैनामा महोत्सवको तिव्र तयारी, राजनैतिक दलहरु बिच समन्वय बैठक सम्पन्न

प्रकाशित मिति:

सैनामैना – सैनामैना उधोग बाणिज्य संघले आयोजना गर्न लागेको चौथो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औधोगिक ब्यापार महोत्सवलाई सफल पार्न सैनामैना नगर स्तरिय बिभिन्न राजनैतिक दलहरुका प्रतिनिधीहरु संगको समन्वय बैठक संघको कार्यालय सैनामैनामा सम्पन्न भएको छ । सो बैठकमा राजनितिक दलले महोत्सवलाई भब्य रुपमा सफल बनाउन पुर्णरुपले सहयोग गर्ने प्रतिबद्धा जनाएका छन । आज मेला सचिवालयमा सम्पन्न बैठकमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

नेकपाका जिल्ला सदस्य तथा सैनामैना नगर ईन्चार्ज खुशीराम चौधरीले महोत्सवलाई आर्थिक,नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने जनाएका छन । मेलामा आवश्यक आर्थिक संकलन तथा जनपरिचालनमा नेकपाको पुर्ण सहयोग हुने चौधरीले बताएका छन । नेपाली काग्रेस सैनामैनाका नगर सभापति रामप्रसाद अधिकारीले मेलामा राखिने स्टलहरु आम जनसमुदायलाई प्रभाव पार्ने खालको हुनुपर्ने बताउदै त्यस्ता स्टलको लागी सबैको पहल हुनु पर्ने बताएका छन । अधिकारीले स्थानीय उद्योगी, व्यापारी, कृषकहरुको व्यापार प्रवद्र्धनका लागि ४० प्रतिशत स्टलमा स्थानीयहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन ।

कार्यक्रम बितिय संघसंस्था तथा पर्यटन प्रर्वधन,तालिम, गोष्ठी समन्वय उपसमितिका संयोजक रिम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा श्रेष्ठले नगर भित्रका सबै राजनीतिक दल,संघसंस्थाहरुको सहयोग अपरिहार्य रहेको बताए । संस्थाका महासचिव तथा मुल आयोजक समितिका सदस्य सचिव दिपक अधिकारीले मेला सैनामैनाकै प्रतिष्ठाको बिषय भएको बताउदै मेलालाई सबै पक्षको सहकार्यमा अगाडी बढ्नु पर्ने बताए । सस्थाका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक राज बहादुर क्षेत्रीले हाल सम्मको मेला तयारीको बिषयमा जानकारी गराएका थिए । मेलाको पुर्व तयारीका लागी वडा नं २ र ११ मा झाकी तथा जनचेतना ¥याली तयारीका लागी वडा भेला सम्पन्न भएको मेला सचिवालयले जनाएको छ । मेला यही पुष २४ देखी माघ ६ गतेसम्म सैनामैना ४ स्थित बहुउद्धेश्य रंगशालामा संचालन हुदैछ ।