धर्मको विषयमा विवाद हुँदा १२ जनाको मृत्यु

प्रकाशित मिति:

रासस/सिन्ह्वा – साम्प्रदायिक दं’गामा परी नाइजेरियामा बिहीबार कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको दक्षिण्न भागम पर्ने “क्रस रिभर” राज्यमा भएको दं’ङ्गाका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी अरु दर्जनौँ स्थानीय बासिन्दा घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको श्रोतले जनाएको छ । प्रहरीकाअनुसार झ’डपका क्रममा कैयौँ घरमा आगजनी गरेका छन्, भने सुरक्षाकर्मीहरुले दबाउने प्रयास गरिरहेका छन् । क्रस रिभर राज्यका प्रहरी प्रवक्ता केरेवेम अक्पानले मृत्यु हुनेहरुको यकिन तथ्याङ्क भने बताउनु भएको छैन् ।

घटनास्थलमा १२ वटा श’व भेटिएको स्थानीय अधिकारीहरुले बताएको समाचारमा जनाइएको छ । घटनामा परेर घाइते भएका २० जना भन्दा बढीलाई उपचारका लागि अझै पनि अस्पतालमा राखिएको अधिकारीहरुले जनाएका छन् ।