वरिष्ठ अधिवक्ता साहनीमाथि दुर्व्यवहार

९ आश्विन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ को जीतगढीस्थित फुलबारीभित्र रहेको भारतीय पेन्सन क्याम्प हटाउनुपर्ने आवाज बुलुन्द भएको छ ।

ऐतिहासिक स्थल जीतगढीलाई कब्जा गर्ने गलत उद्देश्यबाट क्याम्प राखिएको र स्थानीयको हितविपरीत हर्कत क्याम्पले निरन्तर जारी राखेको भन्दै उक्त क्याम्प हटाउनुपर्ने आवाज स्थानीय स्तरबाटै उठ्न थालेको हो ।

गत शुक्रबार बुटवल उपमहानगरपालिकाले बुटवलमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं प्रेस सेनानी दिल साहनीले जीतगढी किल्ला क्षेत्रभित्र भारतीय पेन्सन क्याम्प बेठिक तरिकाले राखिएको र त्यसलाई त्यहाँबाट हटाउनुपर्ने धारणा राखेका थिए । सोही धारणाप्रति असहमत जनाउने पूर्वभारतीय पेन्सनर ९भूपू सैनिक०हरुको एक जत्थाले धारणा राखिराखेको समयमा साहनीमाथि दुरव्यवहार गरे ।

जत्थाले मञ्चमै चढेर साहनीले बोलिरहेको बेला माइक्रोफोन थुत्ने र हातपात गरेको थियो । त्यस दुरव्यवहार र प्रति साहनीले आपत्ति जनाएका छन् । साहनी एक राष्ट्रियता र नागरिकको अधिकारको पक्षमा निरन्तर कलम चलाइरहेका वामपन्थी नेता समेत हुन् । राष्ट्रियताको दृष्टिकोणले क्याम्पको गतिविधि पाच्य हुने किसिमको नभएकोले सम्बन्धित निकायले तत्काल हटाउन पहल गर्नुपर्ने साहनी बताए । ‘जीतगढी किल्लामा भारतीय पेन्सन क्याम्प राख्ने सरकारको निर्णय सच्याउनैपर्छ’ उनको भनाई छ । क्याम्पबाट जासुसी गर्ने कार्य भइरहेको भन्दै यसलाई हटाउनुबाहेक अन्य विकल्प नरहेको स्थानीयले आवाज उठाइरहेका छन् ।

प्रेस सेनानी एवं वापन्थी बुद्धिजीवि साहनीमाथि पूर्वभारतीय सैनिकहरुबाट गरिएको दुरव्यवहारको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले निन्दा गरेका छन् । सोमबार फेसबुक पेजमा स्टाटस लेख्दै अध्यक्ष डुम्रेले ‘वरिष्ठ अधिवक्ता, बामप।थी बुद्धिजीवी एवं प्रेस सेनानी दिल साहानीलाई असोज ५ गते बुटवल उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रममा गरिएको दुव्र्यवहारप्रति घोर निन्दा गर्दछौं’ भनेका छन् । ‘बुटवलको जितगढी किल्लामा भारतीय पेन्सन क्याम्प राख्ने सरकारको निर्णय गलत भएको भनेर आफ्ना विषयबस्तु राखिरहेको बेला केही भूपूभारतीय सेनाका पेन्सनरहरुले साहनीले बोल्दाबोल्दै दुरव्यवहार गर्नुले आयोजकप्रति नै गम्भीर प्रश्न चिन्ह खडा भएको’ भन्दै आयोजक पक्षको ध्यानाकर्षण गरिएका छन् ।

अंग्रेजसँगको युद्धमा नेपाल विजय भएको ऐतिहासिक स्थल हो जीतगढी किल्ला । राष्ट्रियता र ऐतिहासिक हिसाबले त्यहाँ भारतीय पेन्सन क्याम्प राख्नु गलत भएको भन्दै केही समयदेखि स्थानीय स्तरबाटै विरोध हुँदै आएको छ । साहनीको सार्वजनिक अभिव्यक्तिपछि क्याम्प हटाउनुपर्ने आवाजले ठूलो रुप लिँदै गएको छ ।

स्मरणीय कुरा के छ भने, गएको साउन २८ गते राति सोही क्याम्पको हाताभित्र बम विष्फोट घटना भएको थियो । उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

www.mirmireonline.com bata

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस