सिन्धुपाल्चोक बस दुर्घटनाअपडेट – ज्यान गुमाउनेको सङ्ख्या १६पुग्यो

प्रकाशित मिति:

चौतारा – सिन्धुपाल्चोकमा २९ गते भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका-३ निवासी ७ वर्षीया आशिका तामाङको बिहीबार राति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

२९ गते सुनकोशी गाउँपालिका-७ स्थित लामोसाँघु-जिरी सडक खण्डअन्तर्गत छ किलोमा बा४ख ४४६८ नंको रिजर्भ बस दुर्घटनाहुँदा घाइते भएका १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा बाँच्न सफल छ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालको रेखदेखमा राखिएको छ ।बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो ।