एनसेल काण्ड- समय सकियो तर कर तिरेन

४ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
16 Shares


काठमाडौं –  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ठूला करदाता सेवा कार्यालयले दिएको समयसीमामा पनि पुँजीगत लाभकर तिरेन । ठूला करदाता सेवा कार्यालयले लाभकर निर्धारण गरेर तोकिदिएको अन्तिम मिति ४ पुस हो ।

२९ चैत २०७२ मा युरोपको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलियासोनेराले मलेसियन कम्पनी एक्जियटालाई नेपालमा दूरसञ्चार सेवा दिइरहेको कम्पनी एनसेलको स्वामित्व बिक्री गरेको थियो। उक्त कारोबार पछिको लाभको कर एनसेलले तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले गत ९ भदौमा सुनाएको थियो ।

फैसलाको पूर्णपाठ ५ मंसीरमा आएपछि ठूला करदाता सेवा कार्यलयले कर निर्धारण गरी १५ दिनभित्रमा जवाफ पेश गर्न १९ मंसीरमा एनसेललाई पत्राचार गरेको थियो । एनसेलले तिर्नुपर्ने कर र समयसीमा सकिँदा समेत कर नतिर्दा के कारबाही गर्ने भन्ने व्यहोरासहितको पत्र सोमबारसम्ममा एनसेललाई पठाउने ठूला करदाता सेवा कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया