दिल्ली गेटमा गाडी जलाइयो ,प्रदर्शन झन उग्र

प्रकाशित मिति:

एजेन्सी  –  नागरिकता संसोधन कानुनको विरोधमा भारतमा प्रदर्शन जारी छ । पछिल्लो केहीदिनदेखि चलिरहेको प्रदर्शनले भारतभर हंगामा मच्चिएको छ । भारतका विभिन्न राज्यहरुमा कानुनको विरोध भइरहेका छन् भने हिंसात्मक प्रदर्शनहरु पनि जारी छ ।

दिनभर चर्केको प्रदर्शन रात परेपछि झन उग्र बनेको छ । राजधानी दिल्लीको दिल्ली गेटमा प्रदर्शनकारीहरुले एउटा कारमा आगजनी गरेका छन् । प्रहरीले उनीहरुलाई लाठीचार्ज गरेर भीड नियन्त्रण गर्ने कोसिस गरिरहेको छ । एउटा कारमा आगजनी भएपछि प्रहरीको संख्या बढाइएको छ ।

थप समाचार